Comments Add Comment

‘नार्क कामै नलाग्ने भयो, चार महिना भुटानको आलु खानुपर्ने स्थिति आयो’

२ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पहिलेपहिले निकै सफल मानिएको संस्था पछिल्लो समय कामै नलाग्ने भएको भन्दै मन्त्री खनालले किसानसँग सिधै जोडिने गरी कार्ययोजना बनाउने निर्देशन दिए ।

राष्ट्रिय मकै बालि अनुसन्धान केन्द्र रामपुर चितवनमा भएको कार्यक्रममा मन्त्री खनालले  प्रतिश्पर्धा गर्ने क्रममा नार्क केही वर्षअघिसम्म चीन बाहेकका सार्क राष्ट्रभन्दा अघि रहे पनि अहिले निक्कै पछि परेको बताए ।

‘केही वर्ष अघिसम्म अनुसन्धानमा हामी भुटान, बंगलादेश, पाकिस्तानभन्दा अघि र भारतसँग बराबरीको हैसियतमा थियौं तर, अहिले हामी अनुसन्धानकर्ता चार महिना भुटानको आलु खाने भएका छौं’, उनले भने ।

मन्त्री खनालले कृषि वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्ने बताए । वैज्ञानिक अनुसन्धान विना देश नचल्ने भन्दै एक सय एक वैज्ञानिक र प्रविधि नेपाललाई चाहिएको उनको भनाइ छ ।

कृषि बैज्ञानिकहरुले भने बजेटको कमी, ज्यामी ज्यालामा कटौती, यान्त्रीकरणमा बजेटको अभाव, गुणस्तरिय विउ महंगो हुनु, प्रयाप्त जनशक्तिको अभाव जस्ता कारणलाई मुख्य समस्या बताएका छन् ।

नार्कका कार्यकारी निर्देशक डा टेकबहादुर गुरुङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित त्यहाँ पुगेका मन्त्री खनालले अनुसन्धान केन्द्रका विभिन्न प्रयोगशाला र फामहरुको अवलोकन तथा रेन आउट सेल्टरको उद्घाटन पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment