Comments Add Comment

मर्मत गरेर ल्याएकै दिन एनएसीको एक मात्र बोइङ विमान ग्राउन्डेड

३ माघ, काठमाडौं । ५५ नेपालीले विदेशमा शंकास्पद लगानी गरिरहेको भनेर खोज पत्रकारिता केन्द्र र दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्सले बुधबार गरेको खुलासालाई आजका पत्रपत्रिकाहरु प्राथमिकतामा राखेका छन् । पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर यसबारे चर्चा–परिचर्चा गरेका छन् ।

त्यस्तै, त्रिविबाट ५० प्राध्यापक बर्खास्त भएको, नियमविपरीत बनेको होटलको उपराष्ट्रपतिले उद्घाटन गरेकोलगायत खबर पनि आजको पत्रिकाको हेडलाइन बनेको छ । मर्मत गरेर ल्याएकै दिन नेपाल वायुसेवा निगमको विमान ग्राउन्डेड भएको खबर पनि आजको पत्रिकामा पढ्न सकिन्छ ।

‘विदेशमा शंकास्पद लगानी’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार स्विस बैंकमा नेपालीको ५२ अर्ब रुपैयाँ छ ।

नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड भएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । कान्तिपुरका अनुसार उक्त बोइङ विमान ८१ दिनपछि काठमाडौं अवतरण गरिए पनि फेरि ग्राउन्डेड भएको छ । काठमाडौंमा अवतरण नहुँदै ककपिटको विन्डसिट आकासमै चर्धिएपछि फेरि ग्राउन्डेड भएको हो ।

निगम स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकासमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको थियो ।

विदेशमा ५५ नेपालीको शंकास्पद लगानीबारे मुख्य समाचार छापेको अन्नपूर्णको पहिलो पृष्ठमा मौसमी रुघाखोकीलगयात समाचार छन् ।

नयाँ पत्रिका दैनिकले भने मापदण्डविपरीतको भवनमा खुलेको होटलको उपराष्ट्रपतिले उद्घाटन गरेकोलाई मुख्य समाचार बनाउको छ । पोखरा महानगरपालिकाबाट साढे ३ तलाको अनुमति लिएर तलाको बनाइएको भवनमा खुलेको होटल उद्घाटन स्वयं उपराष्ट्रपति नन्दबहादुर पुनबाट भएको हो ।

त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको राजधानीले लेखेको छ । त्रिविको आंगिक क्याम्पसमा पढाउन छाडेर निजीमा बढी समय दिइएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ ।

पुनर्निर्माणको काम चाँडो सक्न प्रधानमन्त्रीले गरेको आह्वानलाई मुख्य समाचार बनाएको गोरखापत्रले पहिलो पृष्ठमा समायोजनमा जान कर्मचारी उत्साहित भएकोलगायत समाचार छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment