Comments Add Comment

बन्दरगाह नबनाउन माग गर्दै चोभारका स्थानीयबासी बिरोधमा

३ माघ, काठमाडौं । सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका छन् । प्रधानमन्त्री केही शर्मा ओलीकै सहभागितामा हुन लागेको शिलान्यास कार्याक्रममा विरोध गर्न पुगेका करिब ३५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ ।

चोभारका स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्‍याएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन् ।

उनीहरुले कारखानाका कर्मचारीले अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्ने माग पनि गरेका छन् । चोभार क्षेत्रका रहेका सम्पदालाई बेवास्ता गर्दै बन्दरगाह निर्माण गर्न नहुने बताएका छन् ।

उनीहरुले विगतमा हिमाल सिमेन्ट कारखाना र वातावरण संघर्ष समितिबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् । लामो समयदेखि उनीहरुले पर्यकीय क्षेत्र चोभारलाई खुला रुपमा छोड्न माग गरिरहेका छन् ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment