Comments Add Comment

बलिउडमा डेब्यूका लागि के रणवीरले आदित्यलाई १० लाख दिएका थिए ?

बलिउडमा अहिले नायक रणवीर सिंहको दबदबा बन्न थालेको छ । लगातार हिट चलचित्रका कारण उनलाई दर्शकले मन पराउन थालेका छन् भने उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि धेरै छ ।  तर, यशराज ब्यानरको चलचित्रबाट बलिउडमा डेब्यू गरेका रणवीरले सो समयमा यो कम्पनीका मालिक आदित्य चोपडालाई १० लाख रुपैयाँ वुझाएको खबर सार्वजनिक भएको थियो ।

रणवीरका पिताले छोरालाई यशराज ब्यानरबाट बलिउडमा डेब्यू गराउनका लागि १० लाख दिएको चर्चा चलेको थियो । यो बिषयमा ‘सिम्बा’ हिरोले मुख खोलेका छन् । रणवीरले भने–‘मेरो डेब्यूको समयमा यस्तो खबर फैलिएको थियो । मलाई यो सुनेर निकै दुख लागेको थियो । मलाई त्यो समयमा लागेको थियो कि, कोही मानिस यति ठूलो झुट कसरी लेख्न सक्छ ।’

रणवीरले अगाडि भने–‘मैले बलिउडमा प्रवेश गर्नका लागि ठूलै संघर्ष गरेको छु र यो कुरामा मलाई गर्व छ । नयाँ कलाकार मलाई म्यासेजमा आफूले पैसा जुटाएको र यशराजको ब्यानरबाट कसरी डेब्यू गर्न सकिन्छ भनेर सोध्ने गर्छन् । म उनीहरुलाई यो सबै झुटो कुरा भएको जवाफ दिन्छु ।’

रणवीरले सबैभन्दा पहिले त आफूमाथि नै भरोसा हुन आवश्यक रहेको सुनाए । रणवीरले यशराज ब्यानरको ‘ब्याण्ड बाजा बारात’बाट बलिउडमा डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment