Comments Add Comment

कर्तव्य ज्यान मुद्दामा फरार भएका ८० वर्षीय मिश्री २० वर्षपछि पक्राउ

३ माघ, वीरगञ्ज । बारा र पर्साबाट प्रहरीले दुईजना १८ र २० वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ का ५० वर्षीय कमल महतो कोइरी र पर्साको छिपहरमाई गाउापालिका-२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

कोईरी चोरी मुद्दामा १८ वर्षदेखि फरार थिए भने कानु कर्तव्य ज्यान मुद्धाका फरार अयिभयुक्त हुन् ।

पुनरावेदन अदालत हेटौडाले वि.स. २०५७ कात्तिक २१ गते नकबजनी चोरी मुद्धामा दोषी ठहर गर्दै कमल महतो कोईरीविरुद्ध एक महिना १५ दिन कैद र दुई हजार १८४ जरिवाना फैसला गरेको थियो ।

उनी त्यसबेलादेखि नै फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराको आदेशले कोईरीलाई कैद भुक्तानको लागि बीरगंज कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

यस्तै, वि.स. २०५५ साउन २४ गते कर्तव्य गरी वारदात पश्चात फरार रहेका मिश्री साहलाई प्रहीले २० वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

साहलाई घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment