Comments Add Comment

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठामाडौं ल्याइयो

३ माघ, सप्तरी । सप्तरीमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रहरी हबल्दारलाई थप उपचारका लागि काठमाडौ लिइएको छ ।

घाइते प्रहरी हबल्दार महेन्द्र सतरालाई थप उपचारका लागि बिहीबार बिहान काठमाडौं लगिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए । महेन्द्रको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

खड्ग नगरपालिकास्थित प्रहरी चौकी बिसनपुरमा कार्यरत प्रहरी हवल्दार सतरामाथि बुधबार राति अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

तीन वटा मोटरसाइकलमा आएको उक्त समूहले खड्ग नगरपालिकाकै बोदे बर्साइन सडकखण्डमा ड्यूटीमा रहेका सतरामाथि गोली प्रहार गरेको हो ।

उनको पिठ्युमा एउटा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका सतरालाई यसअघि बुधबार राति उपचारका लागि विराटनगर लगिएको थियो । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीको भनाइ छ ।

घटना भएको जानकारी लगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्टसहितको टोली घटनास्थल पुगेका थिए । घटनामा संलग्न रहेकाको व्यापक रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment