Comments Add Comment

क्रिस गेलको बलिङमा डेभिड वार्नरको दायाँ हाते छक्का !

३ माघ । कुनै ब्याट्सम्यानले छक्का, चौका हान्नु ठूलो कुरा होइन । नवौं/दशौं स्थानमा ब्याटिङ गर्न आएका बलरले पनि छक्का चौका हान्न सक्छन् । तर कुनै बायाँ हाते ब्याट्सम्यानले ठीक विपरित दायाँ हातले वा दायाँ हाते ब्याट्सम्यानले बायाँ हातबाट छक्का र चौका हान्छ भने पक्कै नौलो कुरा हो ।

डेभिड वार्नर । एक अष्ट्रेलियन चर्चित क्रिकेट खेलाडी । अष्ट्रेलियाका उपकप्तानको समेत भूमिका निभाइ सकेका वार्नरले कुनै बेला अचम्मैको प्रदर्शन गर्ने गर्दछन् ।
बंगलादेश प्रिमियर लिग (बीपीएल) का लागि सिलेट सिक्सर्सबाट कप्तानीको भूमिकामा रहेका वार्नरले रंगपुर राइर्डसविरुद्ध आश्चार्यचकित प्रदर्शन गरे ।

वार्नर लेफ्ट हृयान्ड ब्याट्सम्यान हुन् । उनले लेफ्ट हृयान्ट ब्याटिङ नै गर्ने गर्छन् तर बेला बेलामा उनको राइट हृयान्ड ब्याटिङले विश्व जगतलाई अचम्मित बनाउँछ ।
रंगपुर राइर्डसका लागि १९औं ओभर लिएर बलिङ गर्ने आए, विश्वका विश्वफोटक ब्याट्सम्यान तथा अलराउण्डर क्रिस गेल । गेलको पहिलो बलमा लेफ्ट हृयान्डबाटै दुई रन लिए । तर तेस्रो र चौथो बलमा भने वार्नरले लेफ्ट हृयान्डबाट कुनै रन जोड्न सकेनन् ।

यो बेला वार्नर ३२ बलमा ४७ रन बनाएर खेलिरहेका थिए भने उनी अर्धशतक नजिक थिए । लगातार दुई बलमा रन बटुल्न नसकेका वार्नरले ब्याटिङ फर्मेसन परिवर्तन गर्दै राइट हृयान्ड ब्याटिङ गर्ने निर्णय गरे र त्यही पोजिसनमा बसे । गेलको चौथो बलमा वार्नरले नभन्दै राइट हृयान्डबाट छक्का प्रहार गरे । उनले यो छक्कासँगै अर्धशतक पनि बनाए ।

त्यसपछिका १८.५ र १८.६ ओभरमा पनि लगातार राइट हृयान्ड ब्याटबाट चौका प्रहार गरे ।

उनको त्यो ओभरमा यस्तो थियो ब्याटिङ २.०.०.६.४.४ । अन्तिम तीन बलमा १४ रन भने राइट हृयान्डबाट बनाएका थिए ।

३६ बलमा ६ चौका र २ छक्का प्रहार गरेका वार्नरको महत्वपूर्ण प्रदर्शनमा सिलेटले रंगपुरलाई २७ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment