Comments Add Comment

प्रदेशको नाम र राजधानी टुंगो लगाउन भन्दै बुटवलमा कांग्रेसको प्रदर्शन

३ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण तत्काल तोक्नुपर्ने लगायतका माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउदै रुपन्देही कायम गर्न दवाव दिन कांग्रेसले शक्ति प्रदर्शन र सभा आयोजना गरेको हो ।

कांग्रेसले बुटवलको राजमार्ग चौराहाबाट जुलुस निकालेको छ । जुलुसमा रुपन्देहीका एक उपमहानगरपालिका, ५ वटा नगरपालिका सहित १६ वटै स्थानीय तहका कार्यकर्ता आएका छन् ।

जुलुस चौराहा, मिलनचोक, अस्पताललाइन हुंदै ट्राफिकचोक पुगेर सभामा परिणत हुादैछ ।

जुलुसमा २० हजार भन्दा बढी कार्यकर्ता र जनता सहभागी भएका कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले दावी गरे ।

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख हेम केसीले भने अन्दाजी १० हजार मान्छे जुलुसमा सहभागी भएको आंकलन गरे ।

प्रदेश र संघको चुनावपछि कांग्रेसले सरकारविरुद्ध गरेको यो नै सबैभन्दा ठूलो प्रदर्शन हो ।

प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई भएपछि कांग्रेसले अन्यत्र सार्ने षड्यन्त्र भइरहेको आशंका गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।

कांग्रेसले वाइड बडी विमान खरिद र प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दवाव दिन, सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदमहरुविरुद्ध, चर्को कर बृद्धि र लोकतन्त्रविरोधी निर्णयहरु विरुद्ध खबरदारी गर्न पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको जनाएको छ ।

सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण,पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल र मानबहादुर बिकलगायतले सम्बोधन गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment