Comments Add Comment

उत्तरी खोटाङको निःशुल्क बिशेषज्ञ घुम्ती स्वास्थ्य शिविरबाट तीन हजार लाभान्वित

३ माघ, काठमाडौ । नेपालको उत्तरी खोटाङ्गमा आयोजना भएको निःशुल्क घुम्ती स्वास्थ्य शिविरबाट तीन हजार भन्दा बढीले सेवा लिएका छन् ।

समयमै रोगको पहिचान गरी उपचार प्रदान गर्ने उद्देेश्यले स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, उपचारात्मक सेवा महाशाखाले खोटाङ्गको जाल्पा, बाक्सिला,खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा दश दिने निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

शिविर उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा सम्पन्न भएको थियो ।

शिविरमा आर्युवेद बिभाग, न्याम्स वीर अस्पताल, शुक्रराज ट्रपीकल अस्पताल,ग्राण्डी अस्पताल र नेपाल आाखा अस्पतालका बिशेषज्ञहरु सहित काठमाडौ र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका २५ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरुको संग्लनता रहेको थियो ।

शिविरमा दुई सय महिलाको म्यामो गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको निर्धक्क हुन सुझाईएको थियो भने पााच सय ८५ जना बिरामीको दाात निकालिनुका साथै १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

एक सय १९ जना आाखाका बिरामीलाई शल्यक्रियाका लागि रेकर्ड राखिएकोमा अन्य जटिल शल्यक्रियाका लागि एक सय ८९ जनाको अभिलेख तयार गरिएको छ । आर्युवेदिक, होमीयोप्याथिक र एलोप्याथीक गरी १० लाख बढीको औषधि निःशुल्क बितरण गरिएको थियो ।

शिविरमा सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाण्डौमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम,सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख राखिएको शिविरका संयोजक डा. प्रकाश बुढाथोकीले बताए ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवका जनस्वास्थ्यबिज्ञ सल्लाहाकार डा. के के राई शिविर अवधीभर रहेकाले उनको अनुभव,सक्रिय एवं प्रत्यक्ष सहयोग अमुल्य रहेको उनले बताए ।

भने, ‘उहाँकै अग्रसरतामा ८० प्रतिशत जनता बस्ने गाउाघरमा स्वास्थ्य प्रदायक पुगी घुम्ती अस्पताल सेवा पुर्‍याउने सोचका साथ महाशाखाले घुम्ती बिशेषज्ञ स्वास्थ्य शिविरको परिकल्पना गरेको हो । जस अन्तर्गत यही माघ १३ गतेदेखि दक्षिणी खोटाङका ५ स्थानमा यही माघ १३ गतेदेखी संचालन हुादैछ’ । अर्काे चरणमा हरेक प्रदेशको एक एक स्थानमा संचालन गर्ने सोच उपचारात्मक सेवा महाशाखाले जनाएको छ ।

यही पुसदेखि २२ देखि ३० गतेसम्म संचालन गरिएको उक्त शिविरमा स्थानीय सहयोगी संस्था हस्पिटल फर इर्मजेन्सी केअर एण्ड सर्पाेटको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment