Comments Add Comment

कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर ढुंगाना

३ माघ, काठमाडौं ।  सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले कोषको अध्यषमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।

ढुंगाना लामो समय अर्थमन्त्रालयमा राजश्व सचिवका रूपमा कार्यरत थिए । त्यहाँबाट सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका ढुंगानाले सञ्चय कोषको अध्यक्षको जिम्मेवारी पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment