Comments Add Comment

चोभारमा प्रधानमन्त्रीले शिलन्यास गरे सुख्खा बन्दरगाह (फोटो फिचर)

३ माघ, काठमाडौं । चोभारमा सुख्खा बन्दरगाहाको शिलन्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीकार सुख्खा बन्दरगाहको शिलान्यास गरेका हुन् ।

साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण हुनेछ ।

शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी निर्माण गर्न लागिएको स्पष्ट पारे ।

उनले बन्दरगाह निर्माण कार्य सुरु भएसँगै त्यसले मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुर्‍याउने बताए ।

प्रधानमन्त्री ओलीले बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाइ हुन गएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

स्थानीयले सुख्खा बन्दरगाह शिलान्यासको विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले उनीहरुको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार जनताको विकास र निर्माणको कामलाई अघि बढाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसमा अनावश्यक बखेडा नझिक्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तेस्रो मुलुकसँग व्यापारलाई सहज बनाउन पनि काठमाडौंमा सुख्खा बन्दरगाह बनाउनु परेको स्पष्ट पारे ।

उनले बन्दरगाह निर्माण हुने वित्तिकै नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि सहज ढंगले अघि बढने विश्वास व्यक्त गर्नु भयो ।

अर्थमन्त्री डा. युवराज खतिवडालेे सुख्खा बन्दरगाह निर्माण भएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापार सहज हुने बताए ।

उनले काठमाडौंमै आयातित बस्तुको चेकजाँच हुने भएकाले सो बन्दरगाहको निर्माणपछि निर्यातकर्ताहरुको लगानी र समय दुवै बचत हुने पनि स्पष्ट पारे ।

विश्व बैंकको ऋण सहयोगमा सो सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । एक अरब २८ करोड १० लाख ५० हजार लागत अनुमान गरिएको सो बन्दरगाह नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गर्न लागेको हो ।

१८  महिना भित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने गरी सम्झौंता गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment