Comments Add Comment

जापानमा नेपाली श्रमिक पठाउन नयाँ समझदारी हुने

३ माघ, काठमाडौं । नेपालबाट जापनमा श्रमिक पठाउन नयाँ संयन्त्र निर्माण गरिने भएको छ । नेपाल र जापानको प्राविधिक समितिबीच बुधबार काठमाडौंमा भएको वार्तामा श्रमिक आपूर्तिका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको हो ।

कामदार आपूर्तिबारे छुट्टै समझदारी गरेर जान नेपाल र जापान सहमत भएका छन् । यसअघि जिट्कोमार्फत जापानमा सीमित नेपाली कामदार जान पाउँथे । अब भने जापान र नेपाल नयाँ संयन्त्र र विधि तयार गरेर मात्रै श्रमिक आपूर्तिको व्यवस्था गर्नुपर्ने निश्कर्षमा पुगेका छन् ।

बैठकमा दुबै देशले आपूर्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने कुरममा नै जोड दिएका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

यस्तो विधि र प्रक्रिया निर्माण गर्दा विश्वब्यापी रुपमा प्रचलनमा रहेका उपयुक्त मादण्डहरु निर्माण गर्ने र त्यसै अनरुप कामदार भर्ति तथा आपूर्ति गर्ने सहमति पनि भएको छ ।

यसका लागि दबै पक्षले थप गहृकार्य गर्ने भएका छन् । बैठकमा जापानले आफ्नो श्रम नीति र प्रावधानहरुबारे जानकारी दिएको थियो । नेपालले बैठकमा श्रमिक आपूर्तिको व्यवस्था व्यवस्थित गर्दै मर्यादित र सुरक्षत रुपमा काम गर्ने वातावरण तयार हुनेपर्ने कुरामा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment