Comments Add Comment

बच्चालाई औषधी ख्वाउँदै हुनुहुन्छ ?

शारीरक रुपमा बालबालिका निकै कमजोर हुन्छन् । त्यसैले, उनीहरुको प्रतिरोधी क्षमता पनि वयस्कको तुलनामा निकै कमजोर हुन्छ । जसले गर्दा मौसममा सामान्य परिवर्तन आउनसाथ बालबालिका रुघाखोकी, चिसो र विभिन्न रोगको समस्या देखिन थाल्छ । यस्तो अवस्थामा हामी उनीहरुलाई अस्पताल पुर्‍याउन वा औषधी ख्वाउन हतारिन्छौ ।

सामान्य समस्या हुँदैमा औाषधी ख्वाउनुपर्छ भन्ने छैन । तर, कतिपय अवस्थामा हामी औषधी ख्वाउन बाध्य हुन्छौं । समस्या कहाँ हुन्छ भने, औषधी कसरी, कति ख्वाउने भन्ने सन्दर्भमा हामी उति ख्याल गर्दैनौं । यसले गर्दा बच्चामा त्यसको नकारात्मक असर पर्छ । त्यसैले बच्चालाई औषधी ख्वाउनुअघि धेरै कुरामा ख्याल विचार गर्नुपर्छ ।

मान्यता प्राप्त पसलबाट मात्र औषधी खरिद गर्ने

जथाभावी औषधी खरिद गर्दा गलत औषधी पर्न सक्छ । किनभने बेलाबखत चिकित्सकको प्रेस्किप्सन नबुझेर वा कुनै औषधीको नाम अन्य औषधी मिलेर पनि क्रिकेताले फरक औषधी हातमा थमाउने गर्छन् । त्यस्ता औषधीले बच्चाको स्वास्थ्यमा गंभिर असर पर्न सक्छ । त्यसैले विश्वसनिय र मान्यताप्राप्त पसलबाट मात्र औषधी खरिद गर्नुपर्छ ।

उचित मात्रामा औषधी दिने

चिकित्सकहरुले जति भनेका छन्, बच्चाहरुलाई त्यति मात्रामात्र औषधी दिनु पर्छ  । तपाईंलाई थाहा हुनुपर्छ, प्रत्येक पटक औषधी लेख्दा चिकित्सकहरुले विरामीको उमेर सोध्ने गर्छन् । अर्थात चिकित्सकले विरामीको उमेरलाई ध्यानमा राखेर नै औषधीको मात्रा लेख्ने गर्छन् ।

औषधीको मात्रा गलत हुनासाथ यसले शरीरलाई हानी पुर्‍याउनसक्छ वा त्यसको प्रभाव कम हुनसक्छ । त्यसैले, चिकित्सकले जति मिलिग्राम औषधी खान भन्छन्, त्यतिमात्र औषधी खानु पर्छ । औषधी खरीद गर्दा पनि कतै गलत मात्राको औषधी त खरीद गरेको छैन भन्नेमा पनि विशेष सजगता अपनाउनु पर्छ ।

खानपानका बारेमा पनि प्रश्न सोध्ने

के खाने के नखाने भन्ने कुरा पनि रोगमा निर्भर गर्छ ।  कुनै स्वास्थ्य समस्यामा विरामीलाई शरीरमा गर्मी पैदा गर्ने खानेकुरा खाने सल्लाह दिइने गरिन्छ भने कतिपय अवस्थामा शरीरलाई शीतल राख्न खाद्य पदार्थको सेवन गर्न सल्लाह दिइने गरिन्छ । त्यसैले, कुनै पनि औषधीको सेवन गर्दा उक्त औषधीको सेवन गरिरहँदा के खाने, के नखाने भनेर सोध्न आवश्यक छ । साथै, औषधी खाँदा पानीको साथ खाने वा दूधको साथमा खाने भन्नेबारेमा पनि चिकित्सकको सुझाव अनिवार्य छ ।

एउटै डाक्टरबाट औषधी लिने

जब बालबालिकाको स्वास्थ्य खराब हुन थाल्छ, तब अभिभावकहरुले बालबालिकाको चेकजाँच विभिन्न चिकित्सकमार्फत गराउन थाल्छन् ।  जबकी बालबालिकाको जाँच जुनसुकै चिकित्सकबाट गराएपनि औषधी सेवन गर्दा भने एउटा चिकित्सकले दिएको मात्र औषधीको सेवन गर्नुपर्दछ । अन्थया, विभिन्न चिकित्सकले दिएको धेरै थरीको औषधी एकै पटक खुवाउँदा बालबालिकामा संक्रमण हुनसक्छ ।

किनकी प्रत्येक औषधी साइड इफेक्ट हुन्छ । प्रत्येक औषधीको दुष्प्रभाव भएकोले दुईवटा बेग्लाबेग्लै औषधीको सेवन गर्नुपूर्व चिकित्सकसित अनिवार्य परामर्श गर्नुपर्छ ।

दिइएको निर्देशन ध्यान दिएर पढ्ने 

कुनै पनि औषधी सेवन गर्नुअघि खोलमा लेखिएको निर्देशनलाई  सावधानीपूर्वक पढ्नु पर्छ । केही विशेष औषधी विशेष प्रकारको निर्देशन सहित बजारमा विक्रीवितरण हुने गर्छ । त्यसैले, चिकित्सकले दिएको औषधी पसलबाट खरिद गर्नुअघि त्यसमा चिकित्सकसँग त्यस्ता औषधीको बारेमा राम्ररी जानकारी लिनुपर्छ ।

चिकित्सकबाट कुनै रोगको औषधी लिएको बखत आफूले कुन औषधी सेवन गरिरहेको छु भन्ने कुरा समेत बताउन भुल्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment