Comments Add Comment

भारतीय टेम्पुका कारण नेपाली व्यवसायी मारमा

३ माघ, रौतहट । गैरकानूनी रुपमा यात्रु ओसारपसार गर्ने भारतीय टेम्पुका कारण नेपाली व्यवसायीहरु मारमा परेका छन । भन्सार राजश्व नतिरेरै नेपाली बजारमा यात्रु ओसार्ने भारतीय टेम्पुका कारण नेपाली नम्बरका सार्वजनिक यातायाता व्यवसायीहरु मारमा परेका हुन् ।

भारतीय सवारी साधन भन्दा अढाइ गुणा महङ्गोमा नेपाली नम्बरका टेम्पु तथा इरिक्सा किनेका यातायात व्यवसायीहरु यात्रु अभावमा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परेका छन भने अवैध रुपमा चलेका भारतीय सवारी साधनले यात्रुबाट राम्रो आम्दानी गरिरहेका छन ।

सदरमुकाम गौरमै निर्वाध रुपले चलिरहेका सय भन्दा बढी भारतिय टेम्पुलाई कानूनी दायरामा ल्याउदा मात्रै पनि दैनिक तेतिस हजार रुपैया राजश्व उठछ । भन्सार नियम अनुसार एक भारतिय टेम्पुले नेपाल प्रवेशका लागी ३३९ रुपैयाँ, जीप कारले ४५२ र मोटरसाइकले ११३ रुपैयाँ प्रतिदिनका दरले भन्सार तिर्नुपर्छ ।

दैनिक १० पटक सम्म यात्रु र सामान बोकेर भारतको बैरगनियाबाट गौर ओहर दोहर गर्ने टेम्पुलाई प्रशासनले यो दायरामा ल्याउन सकेको छैन ।

अर्कोतर्फ भन्सार नियमअनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार नकाटेर एक देश बाट अर्को देशमा गुडन पाउदैन । तर, कानून र नियमलाई लत्याउदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रुपमा नेपालमै गुडने हजारौ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छैन ।

गैरकानूनी रुपमा यसरी बिना भन्सार कुदिरहका यी गाडीहरुले दुर्घटना गराउदा पनि जिम्मेवार को हुने भन्ने प्रश्न रहन्छ । लाखौको भन्सार राजश्व छलिसकेका यी गाडीहरुले क्षमता भन्दा बढी यात्रु बोक्दा समेत पनि कारवाही नहुनुले ट्राफिक प्रहरीको भूमिका पनि शंका गर्ने प्रशस्त ठाउँ दिन्छ । सिमावर्ती बजारमा यात्रु ओसार्ने भारतीय गाडीहरुबाट ट्राफिक प्रहरीले पनि मासिक रुपमै अवैध कमाइ गरिरहेका छन ।

यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बरका सवारी साधनले भन्सार राजश्व नतिरेर नेपालमा यात्रु ओर्सान पाउदैनन तर नियमनकारी निकायले चासो नदिए पछि रौतहटका अधिंकाश क्षेत्रहरुमा गैरकानूनीरुपमा भारतीय सवारी साधनहरु प्रयोग भइरहेका छन् ।

भारतीय सिमानादेखि ३५ किलोमिटरभित्र नेपाली क्षेत्रसम्म भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा गाडीहरु निर्वाध रुपमा कुदिरहेका छन ।

कानूनत नेपालको सिमावर्ती नजिकको बजार सम्म जानु पर्ने भए भारतीय गाडीहरुले भन्सार कार्यालयमा इन्ट्री गराउनु पर्छ । यदि नेपाली क्षेत्रमा भित्री भागसम्म पुग्नु पर्ने हो भने अनिवार्य रुपमा भन्सार राजश्व तिरेर जानु पर्ने कानूनी प्रावधान रहेको छ । तर, सबै नियम कानूनलाई लत्याउदै रौतहट भरी निर्वाधरुपमा चलेका भारतीय नम्बर प्लेटका सवारी साधनले दैनिक लाखौंको राजश्व छलिरहेका छन ।

एकसुका पनि भन्सार नतिर्ने यस्ता सवारी साधन संचालनको लागी प्रशासनले मौन अनुमति दिएको छ ।

भारतीय भन्दा अढाइ गुणा महङ्गोमा नेपाली नम्बरका गाडीहरु खरिद गरेर सरकारलाई कर तिर्दासमेत आफूहरुको माँगको बारेमा प्रशासनले कुनै चासो नदिएको टेम्पु व्यवसायी सँघका अध्यक्ष लालबाबु पटेलले बताए ।

नेपालको कुनै पनि सिमाक्षेत्रमा यसरी भारतीय नम्बरका सवारी साधनले यात्रु नओसार्ने गरेको तर रौतहटमा मात्रै यो अवैध धन्दालाई प्रशासनले रोक्न नसकेको अध्यक्ष पटेलले बताए ।

गौर नगरपालिका तथा जिल्ला प्रशासनको १३ असोजमा बसेको बैठकले पुस मसान्त भित्र भारतीय नम्बर प्लेटका टेम्पुहरुलाई नेपालीकरण गर्न निर्देशन गरे पनि सो को पालना नभएको भन्दै व्यवसायीले आज गौरमा प्रर्दशन गरेका हुन ।

नेपाली नम्बर प्लेटका व्यवसायीको व्यवसायनै सखाप हुन लाग्दासमेत स्थानिय निकाय तथा प्रशासनले अवैध भारतीय नम्बरका साधनलाई कारवाही नगरेको भन्दै गौरमा टेम्पु व्यवसायीले प्रर्दशनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment