Comments Add Comment

रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का व्यक्ति पनि पक्राउ

३ माघ, काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रजु दर्शनाको चरित्र हत्या गर्ने गरी  सामाचार सम्प्रेषण गरेको  आरोपमा  थप एकजना अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका क्यापिटल हेडलाइन डटकमका २७ वर्षीय सुमन अधिकारी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनले दर्शनाको चरित्र हत्या गर्ने किसिमले अश्लील समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेका थिए ।

उनलाई नयाँ बजारबाट पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको सिंहको भनाइ छ ।

यसअघि सोही आरोपमा प्रहरीले नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरिसकेको छ । उनीमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment