Comments Add Comment

प्रदेश ५ को राजधानी बुटवल स्थापित भइसक्योः कांग्रेस नेताहरु

३ माघ बुटवल । नेपाली कांग्रेसका नेताहरुले प्रदेश ५ को राजधानी रुपन्देही स्थापित भैसकेको दाबी गरेका छन् । उनीहरुले अब राजधानीका सम्बन्धमा षडयन्त्र नगर्न पनि चेतावनी दिए ।

पूर्ववर्ती सरकारले प्रदेश ५ को राजधानी बुटवल घोषणा गरेको एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेस, रुपन्देहीले बुटवलमा गरेको खबरदारीसभामा बोल्ने कांग्रेस नेताहरुले रुपन्देहीबाट प्रदेश राजधानी एक इञ्च पनि दायाँबायाँ नहुने दाबी गरेका हुन् ।

संसारभर परिचित शान्ति केन्द्र लुम्बिनीलाई अपमान गर्ने गरी राजधानी अन्यत्रै सार्ने प्रयत्न भए जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनीहरुको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खा“णले प्रदेशको मन्त्रिपरिषद वा मुख्यमन्त्रीको चाहनामा यो राजधानी अन्तै सारिए कम्युनिष्टका लागि नै प्रतिउत्पादक हुने बताए ।

प्रदेशका सांसदहरुलाई राजधानीबारे नबोल्न मुख्यमन्त्री शंकर पोखरेलले हुकुमी शैली चलाएका आफूले सुनेको आरोप लगाउँदै खाँणले प्रदेशलाई समृद्ध बनाउने कांग्रेसको चाहना भएको बताए । प्रदेशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई नभएको भन्दै मुख्यमन्त्रीलाई त्यसमा सचेत रहन पनि उनले आग्रह गरे ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भैसकेको राजधानी खोस्नुको कुनै कारण नरहेको भन्दै प्रदेशसभाका सांसद्हरुले विवेकहीन काम गर्नु नहुने बताए । उनले जनताको हित बिपरित काम गरेर प्रधानमन्त्रीलाई सडकबाटै फालिने पनि चेतावनी दिए ।

उनले सरकार भ्रष्टाचारमा डुबेको भन्दै वाइडबढी भ्रष्टचारमा जोसुकै मुछिएपनि कारबाहीको दायरामा ल्याएरै छाड्ने चेतावनी दिए । केन्द्रीय सदस्य देबेन्द्रराज कडेंलले बुटवल नै राजधानी बनाउन आफूहरु तयार रहेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment