Comments Add Comment

पुरुषको लागि पनि गर्भनिरोधक इन्जेक्शन !

गर्भनिरोधक चक्की अक्सर महिलाको लागि हुने गथ्र्यो । अर्थात सन्तान जन्माउन नचाहने वा सन्तानको रहर पुगेका दम्पतीले सुरक्षित यौन सम्बन्ध राख्नका लागि गर्भनिरोधक प्रयोग गर्छन् । र, यस्तो चक्की महिलाले प्रयोग गर्नुपर्ने हुन्छ ।

यस्ता चक्कीको साइड इफेक्ट हुन्छ । यसले महिलाको हर्मोनल गडबडी गराउनेदेखि विभिन्न किसिमको समस्या निम्त्याउने जोखिम रहन्छ । त्यसै त महिलाले गर्भाधान गर्नुपर्ने, प्रसूती पीडा पनि भोग्नुपर्ने । यौन सम्बन्धपछि आइपर्ने अनेक शारीरिक जटिलता उनीहरुले नै झेल्नुपर्ने । यस्तो अवस्थामा के पुरुषले
अब बच्चा जन्माउन नचाहाने पुरुषले भ्यासेक्टोमी गर्नुपर्ने बाध्यता हटेको छ । एउटा यस्तो इन्जेशनको विकास भएको छ की जसले गर्भनिरोधकको काम गर्छ । भारतमा विकास भएको कन्ट्रासेप्टिभ इन्जेक्शनले पुरुषको लागि गर्भनिरोकको काम गर्छ ।

भारतीय बैज्ञानिकहरुले मेल कन्ट्रासेप्टिव अर्थात गर्भनिरोधक इन्जेक्शनको विकास गरेका हुन् । यस्तो इन्जेक्सन सफलतापूर्वक क्लिनिकल ट्रायल पास भइसकेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को यसको ट्रायल भएको स्वास्थ्य मन्त्रालयको रिपोर्टले भनेको छ । केही दिनमै यस्तो इन्जेक्शन बजारमा आउने छ ।

आइसीआरका बैज्ञानिक डाक्टर आर एस शर्माले यस्तो गर्भनिरोधक इन्जेक्शनलाई रिवर्सिबल इनविशन अफ स्पर्म अण्डर गाइडेन्स -आरआईएकयुजि) भएको बताएका छन् । पुरुषले लामोसमयसम्म गर्भ राख्न नचाहेमा स्थायी बन्ध्याकरण गर्नुपर्ने अहिलेसम्मको अभ्यास छ । तर, पहिलो पटक यस्तो इन्जेक्शनको अविष्कार भएको छ, जुन प्रयोगले १३ वर्षसम्म गर्भनिरोधकको काम गर्छ । यसको प्रयोग गर्दा ९५ प्रतिशत सफलतपूर्वक काम गर्ने बैज्ञानिकहरु बताएका छन् ।

डाक्टर शर्माकाअनुसार १३ वर्षसम्मको प्रयास अहिले आएर सफल भएको हो । उनले योभन्दा बढीसमयसम्म कम गर्नसक्ने इन्जेक्शन पनि बनाउने सकिने बताएका छन् ।

इन्जेक्शनले यसरी काम गर्छ

डाक्टर शर्माले बताएका छन् की आईआइटी खण्डपुरको बैज्ञानिकले यस इन्जेक्शनमा प्रयोग हुने ड्रग्सको जोजि गरेका थिए । त्यो एक प्रकारको सिंथेटिक पोलिमर थियो । सर्जरीको बेला जसरी पुरुषको दुई नशा काटेर उपचार गरिन्छ । यो प्रक्रियामा पनि त्यही दुई नशामा यस्तो इन्जेक्शन दिइन्छ, जसमा स्पर्म यात्रा गर्छ । यी दुई नशामा एक एक वटा इन्जेक्शन दिनुपर्ने हुन्छ । डाक्टरकाअनुसार ६० एमएलको एउटा डोज हुने गर्छ ।

डा. शर्माकाअुनसार इन्जेक्शन दिइसकेपछि नकरात्मक चार्ज हुन थाल्छ र स्पर्म टुटेर जाने गर्छ । जसले गर्दा पुरुषलवे फर्टिलाइजेशन अर्थात बच्चा रहने क्षमता राख्दैन । यस्तो इन्जेक्शनको पहिला मुसा, त्यसपछि खरायो र अन्य जनावरमा यसको परिक्षण गरिएको थियो । ३०३ जना मानिसमा पनि यसको सफल परिक्षण गरिसकीएको छ । त्यतिबेला यसको टाँक्सिसिटीमा विशेष ख्याल राखिएको थियो । जसमा जीनोटाँक्सिसिटी र नेफ्रोटाँक्सिसिटी क्लीयर थियो । ९७ दशमलव दुई प्रतिशतसम्म गर्भनिरोधकको काम गर्ने प्रमाणित भइसकेको छ ।

फेरि अर्को इन्जेक्शनको प्रयास

डाक्टर शर्माले यस्तो रिपोर्ट पनि स्वास्थ्य मन्त्रालय र ड्रग्स कन्ट्रोलरलाई दिइसकेको बताएका छन् । ‘अव हामीले यसमा अझ एक कदम अगाडि काम गर्ने तयारी गरेका छौँ’, डा. शर्माले भनेका छन्, ‘त्यस्तो इन्जेक्शन बनाउने प्रयास गरेका छौँ, जसको प्रयोगपछि पुनः स्पर्मलाई क्रियाशिल बनाउने छ । हामीले यसमा काम गरिरहेका छौँ, फसल हुन्छ या हुँदैन अहिले भन्न सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment