Comments Add Comment

लक्ष्मी बैंक र नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टरबीच सम्झौता

३ माघ, काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै बैंकिङ च्यानेलमार्फत एग्री-स्टार्ट अपहरु तथा एग्री-एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।  लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच हस्ताक्षर गरे ।

आर्थिक रुपमा कृषिलाई सुदृढ बनाउने उद्देश्य सहित सम्झौता भएको बैंकले जनाएको छ ।

नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर नेपालको पहिलो कृषिसँग सम्बन्धित संस्था भएको जनाइएको छ । यसले कृषि व्यवसायको लागि सल्लाह, परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यसपछि बैंकिङ च्यानलमार्फत एग्री-स्टार्ट अपहरु तथा एग्री-एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।

बैंकका अनुसार सहयोगका प्रमुख क्षेत्रहरुः सूचना तथा अनुभवको आदान-प्रदान, नेटवर्कमापहुँच, संयुक्त रुपमा परियोजनाको विकास, समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् ।

लक्ष्मी बैंक पनि नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment