Comments Add Comment

द नेक्स्ट अष्ट्रेलियन एजुकेशन फेयर-२०१९हुँदै

३ माघ, काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आईरहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको आयोजनामा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेश्न फेयर-२०१९’ हुने भएको छ । काठमाण्डौं दरवारमार्गस्थित होटल अन्नपूर्णमा माघ ५ गते शनिबार हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ ।

द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीकाअनुसार फेयरमा सहभागी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् । विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवादगर्न सक्ने भएकाले फेयर उपयोगी हुने निर्देशक भण्डारी बताउँछन् ।

फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका युट इनसर्च, सि क्यू युनिभर्सिटी अष्ट्रेलिया, एक्सलसिया कलेज सिड्नी, केन्स्ट इन्टिच्यूट अष्ट्रेलिया, साउदनक्रश य्निभर्सिटी अष्ट्रेलिया, मेलबर्न पोलिटेक्निक, युनिभर्सिर्टी अफ न्यू इङ्ल्याण, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी लगायतका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहने वताउँदै भण्डारी भन्छन् ‘द नेक्स्ट अष्ट्र्रेलियन एजुकेशन फेयर-२०१९ ले विद्यार्थीहरुलाई फस्ट हेण्ड इन्फरमेसन र परामर्श प्रदान गर्नेछ ।’

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि पि्रभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी आईएलटिएसको डेट लिएर बसेका विद्यार्थीहरुलाई निशुल्क आई.इ.एल.टि.एस तयार पिुस्तक प्रदान गरिने द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीको भनाइ छ ।

अन्नपूर्ण होटलमा विहान १० बजेबाट सुरु हुने फेयरमा विद्यार्थीहरुले साँझ ५ बजेसम्म भ्रमण गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment