Comments Add Comment

सिमरा गोल्डकप सुरु, पहिलो खेलमा आयोजक नवजनजागृति विजयी

३ माघ, सिमरा । रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा आयोजक नवजनजागृति युवा क्लबलेे विजयी शुरुआत गरेको छ ।

सिमरामा बिहीबारबाट शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३-० ले पराजित गरेको हो । पराजित भएसागै मकवानपुर ११ पहिलो खेलबाटै बाहिरिएको छ ।

नवजनजागृतिको जितमा निरज थापामगरले दुई गोल तथा प्रज्वल थापामगरले एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा भने मकवानपुरमाथि आयोजक सिमरा हावी भयो ।

दोश्रो हाफमा मकवानपुरविरुद्ध आयोजक टिमले तीन गोल गर्दै विजयी भएको हो ।

खेलको ४५ औं मिनटमा आयोजक नवजागृतिका सुरज ठकुरीले प्रहार गरेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले कब्जा गर्न नसक्दा आयोजकले गोलको खाता खोल्न सफल बन्यो ।

गोलरक्षक देउलाले पञ्च गरेको रिवाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापामगरले गोलमा परिणत गरे ।

खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै आफ्नो कब्जामा लिन सफल देखिएका प्रज्वलले सहजै गोलमा परिणत गरे ।

खेलको ७१ औं मिनटमा मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत गरे ।

जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानीय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आाफू उत्साहित भएको बताए ।

दुईदिनअघि वीरगञ्जमा त्रिभूवन आर्मींसाग भोगेको पराजयले कमिकमजोरी पहिल्याउन मद्दत गरेकाले मकवानपुर विरुद्ध खेल्न सहज भएको क्षत्रीले बताए ।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए ।

पहिलो हाफमा बराबरी खेलेपनि आक्रामक खेल्ने रणनीतिमा खेलाडी सफल नभएको उनको भनाई छ । जुनियर खेलाडीले भरिएको टिमको प्रदर्शन सञ्तोषजनकनै रहेको श्रेष्ठले बताए ।

खेलको म्यान अफ दी म्याच आयोजकका निरज थापामगर घोषित भए । उनले दशहजार नगदसहित ट्रफि प्राप्त गरे ।

शुक्रबार विशाल मेमोरियल फाउण्डेशन वीरगञ्ज र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

यसअघि बिहीबार सिमरा रङ्गशालामा आयोजित उद्घाटन कार्यक्रममा यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

१२ माघ सम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको बिजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment