Comments Add Comment

सुन तस्करी प्रकरण : एसएसपी श्याम खत्री छुटेनन्

३ माघ, विराटनगर । उच्च अदालत, विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद एसएसपी श्यामबहादु खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई थुनामै राख्ने आदेश दिएको हो ।

विवादास्पद छविका खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहदा ड्राइभर बिष्णुबहादुर खडका र सहयोगी अमरबहादुर थापामगरलाई प्रयोग गरी चुणमणी उप्रेती गोरेको समूहले दुबईबाट भित्र्याएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए । खत्रीले एयरपोर्टबाट सुन कटाएबापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । डंगोलले भने एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो ।

खत्री र डंगोललाई जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

सुन तस्करी प्रकरणमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरिएको दाबी गरिएको छ ।

यो पनि, ३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment