Comments Add Comment

पत्रकार हत्यामा राम रहिमलाई जन्मकैदको सजाय

३ माघ, काठमाडौं । डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पंचकुलाको विशेष सीबीआइए अदालतले पत्रकार रामचन्द्र छत्रपति हत्यामा राम रहीमसँगै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई ११ जनवरीमा दोषी ठहर गरेको थियो । पत्रकार छत्रपतिले २००२ मा हत्या भएको थियो ।

डेरा सच्चा सौदाका वरिष्ठ उपाध्यक्ष शोभा इन्साले समर्थकहरुलाई शान्त रहन अपील गरेकी छन् ।

यही अदालतले राम रहीमलाई अगष्ट २०१७ मा बलात्कारको मुद्दामा पनि दोषी ठहर गरेको थियो । पत्रकार छत्रपतिले पहिलो पटक यो बलात्कारबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment