Comments Add Comment

तपाईंको बच्चा ट्रान्सजेन्डर पो हुन् कि ?

ट्रान्सजेन्डरको कुरामा अझैपनि हाम्रो समाज खुम्चिएको छ । समाजले यसलाई खुला वा फराकिलो हृदयले स्विकार्न सकिरहेको अवस्था छैन । यस्तो लाग्छ, मानौ ट्रान्सजेन्डर भनेका अपराधी हुन् ।

तर, जसरी गर्भमा लिंगको विकास हुन्छ, ठिक त्यसैगरी ट्रान्सजेन्डर पनि हुने हो । यो एक प्राकृतिक क्रिया हो । कसैले चाहेर वा आफ्नो इच्छाले ट्रान्सजेन्डर भएका हुँदैनन् ।

ट्रान्सजेन्डर कसरी हुन्छ त ? के हो यसको प्रक्रिया ? के यो कुनै त्रुटीवस् हुने कुरा हो ?

अक्सर वाल्यकालमा उनीहरुले आफु ट्रान्सजेन्डर भए वा नभएको संकेत गर्छन् । तर, बच्चाहरुको यस्तो गतिविधिलाई आमाबुवाले ध्यानपूर्वक नियाल्दैनन् ।

कुनैपनि बच्चा विपरीत लिंगीको जस्तै गतिविधिमा सामेल हुन्छन् भने उनी ट्रान्सजेन्डर हो भन्ने संकेत मिल्छ । सामान्य किसिमको व्यवहार एवं प्रवृत्तिले उनीहरु ट्रान्सजेन्डर भएको लक्षण देखाउँछ ।

उनीहरु कस्तो लुगा लगाउन रुची गर्छन्, कस्तो खेलौना खोज्छन्, कस्तो गतिविधिमा सरिक हुन्छन् भन्ने कुराबाट पनि यो कुरा थाहा पाउन सकिन्छ । जस्तो तपाईंका छोरा ट्रान्सजेन्डर हो भने ऊ केटीको पहिरन लगाउन रुची गर्छन् । शृंगार एवं मेकअपमा ध्यान दिन्छन् । सपिङ गर्ने, भान्साको काम गर्ने जस्ता गतिविधिमा इच्छा राख्छन् । उनीहरु खेलौनाको छनौट पनि त्यही हिसाबले गर्छन् ।

कतिसम् मभने उनीहरुले शौचालय समेत फरक प्रयोग गर्न रुचाउँछन् । जस्तो केटा छ भने केटीको शौचालय प्रयोग गर्न चाहन्छन्, केटी छन् भने केटाको ।

यदि तपाईंको छोरी ट्रान्सजेन्डर छ भने उनले केटाको पहिरन रुचाउँछ । केटाको जस्तै खेल्नेकुरा रुचाउँछन् । समग्र व्यवहार केटाको जस्तो गर्छन् । केटीको लुगा लगाउने, शृंगार गर्ने, सोही अनुसारको खेलौना छनौट गर्ने काम गर्दैनन् ।

हुन त बाल्यकालमा बच्चाले जस्तो पनि लुगा लगाउँछन् । आमाबुवाको मर्जी अनुसार उनीहरु लुगा लगाउँछन् । तर, जब हुर्कदै जान्छन् उनीहरुले आफ्नो लागि लुगाको पनि छनौट गर्न थाल्छन् । यस किसिमको चेत विकास भएसँगै उनीहरुले कस्तो लुगा लगाउँछ ? कसरी लगाउँछ ? कस्तो रंग रुचाउँछ भन्ने कुरामा ध्यान दिन सकिन्छ । यदि उनीहरुले विपरित लिंगीले रुचाउने पहिरन छनौट गर्छ भने उनमा ट्रान्सजेन्डरको संकेत देखिन्छ ।

बच्चाहरु खेलौनामा निकै रमाउँछन् । उनीहरुमा खेलौनाप्रतिको मोह पनि हुन्छ । सानो छँदा उनीहरुले जस्तो पनि खेलौना स्विकार्छन् । आमाबुवाको रोजाइ अनुसार प्राप्त खेलौना खेल्छन् । तर, जब हुर्कदै जान्छन् उनीहरुले खेलौना पनि बदल्न थाल्छन् । वा खेलौनाप्रतिको रुची पनि बदल्न थाल्छन् । छोरीले गुडिया वा यस्तै खेलौनालाई प्राथमिकता दिन्छन् । छोराले गाडी, बाइक वा जनवारहरु खेल्छन् । तर, यसमा तपाईंका छोरा वा छोरीले विपरित खेलौना रुचाउँछन् भने उनमा ट्रान्सजेन्डरको संकेत देखिन्छ ।

उनीहरुले सानैदेखि आफ्नो छनौट, रुची भिन्न छ भन्ने देखाउँदै जान्छ । उनीहरु आफु जुन लिंगीको रुपमा जन्म लिएका छन्, त्यसमा खास सन्तुष्ट देखिदैनन् । जस्तो छोरी हुन् भने उनलाई छोरी हुनुमा वा केटी हुनुमा खास गर्व हुँदैन । र, खुलेर म छोरी हुँ पनि भन्दैनन् ।

त्यसैगरी छोराले पनि आफुलाई छोरा भएको गर्व गर्दैनन् । यस किसिमको बच्चाहरु अलि उदास, निरास हुन्छन् । उनीहरुलाई आफ्नो जेन्डरमा चित्त बुझिरहेको हुँदैन ।

ट्रान्सजेन्डर पहिचान

कुनैबेला ट्रान्सजेन्डरलाई समाजले हेय दृष्टिले हेथ्र्यो । ट्रान्सजेन्डरलाई अपराधीको जस्तै व्यवहार गरिन्थ्यो । अहिले विश्व समाज यो विषयमा त्यती संकुचित छैन । कतिपय मुलुकमा उनीहरुलाई खुला रुपमा स्विकारिएको छ र वैवाहिक मान्यता पनि दिइएको छ ।

ट्रान्सजेन्डरले चाहेको अवस्थामा लिंग परिवर्तन गर्न सकिने व्यवस्था छ । यसका लागि अहिले मेडिकल साइन्सले पनि टेवा पुर्‍याइरहेको छ ।

ट्रान्सजेन्डर हुनु गल्ती होइन । कुनै त्रुटी होइन । अपराध होइन । प्राकृतिक प्रक्रियाबाटै कोही ट्रान्सजेन्डर हुन्छन् । जब बच्चा जन्मन्छ, उनीहरुको लिंग हेरेर हामी भन्छौं, यो छोरा, यो छोरी । अर्थात हामीले कसैलाई छोरा वा छोरी मान्ने आधार भनेको उसको लिंग नै हो । तर, कतिपयले आफ्नो लिंग भन्दा फरक मनोवृत्ति लिएर जन्मन्छन् । उनीहरुको भावना, इच्छा सबै कुरा फरक हुन्छन् । अतः जब जब उनीहरु हुर्कदै जान्छन्, आफ्नो इच्छा अनुरुपको व्यवहार प्रदर्शन गर्न थाल्छन् । यसैलाई हामी ट्रान्सजेन्डर भन्छौं ।

के हो ट्रान्सजेन्डर ?

आफु जुन शारीरिक अवस्थामा जन्म लिएका छन्, त्यो भन्दा फरक प्रवृत्ति देखाउनेलाई हामी ट्रान्सजेन्डर भन्छौं । खासमा ट्रान्सजेन्डर शब्दको प्रयोग चिकित्सा विभागमा अप्राकृतिक तरिकाले लिंग बदल्नेलाई भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment