Comments Add Comment

विदेशमा लगानी गर्नेहरुमाथि छानविन हुन्छः प्रधानमन्त्री

४ माघ, काठमाडौं । सरकारले विदेशमा लगानी गर्ने नेपालीहरुबारे छानविन गर्ने भएको छ । हालै सञ्चार माध्यममा आएको खबरहरुलाई सरकारले गम्भीतापूवर्क लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका हुन् ।

खोज पत्रकारिता केन्द्र (खोपके)ले आईसीआईजेसँग मिलेर हालै सार्वजनिक गरेको नेपालिक्समा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्था विपरित ५५ नेपालीले विदेशमा लगानी गरेको भेटिएको दाबी गरिएको थियो ।

संसदमा शुक्रबार भएको प्रश्नउत्तर कार्यक्रममा नेकपा संसद खगराज अधिकारी र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपालिक्सबारे सरकारको धारणा मागेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘केही सञ्चार माध्यमहरुमा आएका कुराहरु हामीले थाहा पाएका छौं । तीनको सत्यतथ्य के हो छानविन हुन्छ ।’

नाम मुछिएका केहीले खण्डन समेत गरेको भन्दै उनले भने, ‘अखबारमा आएका कुरालाई नै सत्य भन्न सकिन्न । चर्चामा आएका कुरालाई अनुमानका आधारमा असत्य भन्न पनि सकिन्न । उनयुक्त माध्यमबाट सरकारले आवश्यक खोजतलास छानविन गर्नेछ ।’

सम्पत्ति गैरकानुनी ढंगले बाहिर लैजानु वा विदेशी बैंकमा राख्नु उपयुक्त नभएको भन्दै उनले भने, ‘यसप्रति नेपाल सरकार सजग छ । बाँकी छानविनपछि भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment