Comments Add Comment

नागरिक लगानी कोषका मुख्य व्यवस्थापकको कार्यकक्षमा आगलागी, हेर्नुस् ८ तस्वीर

५ माघ, काठमाडौं । नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ । शनिबार दिउँसो कोषका मुख्य व्यवस्थापक शुशिलकुमार अर्यालको कार्यकक्षमा आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेका अनुसार घटना भएको एक घन्टामै आगो नियन्त्रणमा आएको थियो ।

‘आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगोलाई नियन्त्रणमा ल्याउन खटिएको थियो’, काफ्लेले अनलाइनखबरसँग भने, ‘काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलको सहयोगमा आगो समयमै नियन्त्रणमा आएको छ ।’

उनका अनुसार आगलागीमा केही कागजपत्र, कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएका छन् । यद्यपि, कति क्षति भयो भन्ने बारे निक्र्याैल भइसकेको छैन ।

कार्यालय विना भएकाले क्षतिको विवरण यकिन नभएको हो । आइतबार प्रेस विज्ञप्ति जारी गरेर घटनाबारे जानकारी गराउने कोषको तयारी रहेको बुझिएको छ ।

तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment