Comments Add Comment

कलिला बालबालिकामा किन हुन्छ उच्च कोलेस्ट्रोलको समस्या ?

उच्च कोलेस्ट्रोल तथा मुटु सम्बन्धित रोगको समस्यालाई हाम्रो समाजमा ठूलाका रोग भन्ने गरिन्छ । जबकी बदलिदो जीवनशैली र गलत खानपानका कारण पनि यो समस्या आजकल ससाना बालबालिकामा धेरै देखिन थालेको छ ।

बालबालिकाको शरीरमा सानै देखि कोलेस्ट्रोलको मात्रा उच्च भएमा पछि गएर कम उमेरमा नै उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धि रोग तथा हृदयाघात हुने सम्भावना उच्च हुन्छ । आखिर, बालबालिकामा कलिलै उमेरदेखि किन देखिदैछ उच्च कोलेस्ट्रोलको समस्या ? के हो यसको कारण ?

बालबालिकामा कोलेस्ट्रोल बढ्नुको कारण ?

कोलेस्ट्रोल आफैमा अणुवंशिक समस्या हो । त्यसैले, परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल तथा मुटु सम्बन्धि रोग छ भने उक्त परिवारका बच्चाहरुलाई पनि यो रोग देखिने सम्भावना उच्च हुन्छ । कोलेस्ट्रोलको समस्या विशेषगरी आमाबाबुबाट बालबालिकामा देखिने गर्छ । जसका कारण बालबालिकाले सानै उमेर देखि यो खतरनाक रोगको सामना गर्नुपर्छ ।

गलत खानपान र खराब जीवनशैलीका कारण पनि धेरैलाई कोलेस्ट्रोलको समस्या हुने गर्छ । विशेषगरी, बाल्यावस्थादेखि नै अत्याधिक मात्रामा वोसोयुक्त खानेकुराको सेवनले पनि यो समस्या सानै उमेरबाट देखिने गर्छ ।

त्यस्तै, मोटोपनाको कारण पनि धमनीमा रक्तप्रभावमा समस्या भएर उच्च कोलेस्ट्रोलको समस्या निम्तिने गर्छ । खानपान सम्बन्धि अनियमितता , जंकफूड, फास्टफूडका कारण पनि बच्चाहरुमा मोटोपनाको समस्या तिव्र रुपमा बढ्ने गरेको छ । र, मोटोपना भएमा बालबालिकामा कोलेस्ट्रोलको समस्या पनि बढ्ने गर्छ । त्यसैले, बच्चाहरुलाई सकेसम्म फास्टफुडबाट टाढै राख्नु पर्दछ ।

सानो बेला देखि गराउनु पर्छ जाँच

शरीरमा कोलेस्ट्रोल कम छ वा धेरै भन्ने कुरा रक्त परीक्षणद्धारा पत्ता लगाउन सकिन्छ । यसबाहेक, परिवारमा कसैलाई कोलेस्ट्रोलको समस्या छ भने वा परिवारमा कसैको हृदय रोगका कारण मृत्यु भएकोे छ भने पनि त्यस्ता परिवारमा रहेका बच्चाहरुलाई सुरुवाटै  स्कि्रनिङ्ग गर्न जरुरी छ । त्यस्तै, सामान्य भन्दा धेरै तौल हुने तथा शरीरको अनुसारको तौल र उचाई २५ प्रतिशत धेरै हुने दुई देखि आठ वर्षका बच्चाहरुको स्कि्रनिङ्ग जरुरी छ । बच्चाहरुको पहिलो स्कि्रनिङ्ग दुई देखि आठ वर्षको बीचमा गराउनुपर्छ । स्कि्रनिङ्गका क्रममा फास्टिङ्ग लिपिड प्रोफाइल सामान्य छ भने पनि तीन देखि पाँच वर्ष पश्चात्त फेरी स्कि्रनिङ्ग गराउनु पर्छ ।

कोलेस्ट्रोल कम गर्न ‘बदाम’ दिने की ?

बदाममा पाइने फाइबर, ओमगा-३ फ्याटी एसिड र भिटामिनले खराब कोलेस्ट्रोललाई घटाउन तथा राम्रो कोलेस्ट्रोललाई बढाउन सहायता प्रदान गर्छ । यसमा रहेको फाइबरले लामो समयसम्म पेट भरिएको महसुस हुने गर्छ । प्रतिदिन पाँच देखि दश दाना बदाम खानाले यसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ । जबकी घ्यु, तेल भुटेका तथा नुनिलो बदामले भने उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ । त्यसैले, बदाम खानु अघि यस्ता कुरामा ध्यान दिन जरुरी छ । बदामलाई पानीमा भिजाएर खानु फाइदाजनक मानिन्छ । पानीमा भिजाउनाले बदाममा रहेको फ्याटको मात्रा कम हुने गर्छ र भिटामिन ‘ई’को मात्रा बढ्न थाल्छ ।

बच्चाहरुलाई कोलेस्ट्रोलको समस्याबाट कसरी बचाउने ?

बच्चाहरुलाई जंकफुड तथा फास्ट फुडमा टाढा राखेर तथा बोसोयुक्त आहारको सेवन कम गराएर पनि उनीहरुलाई कोलेस्ट्रोलको समस्याबाट टाढा राख्न सकिन्छ । त्यस्तै, बच्चाको आहारमा फलफूल, हरियो सागसब्जी, नट्स, र दूध दही समावेश गरेर, ट्रान्सफ्याट तथा स्याचुरेटेड फ्याट भएको खानेकुरा नियन्त्रित रुपमा खान दिएर पनि यो समस्याबाट टाढा राख्न सकिन्छ ।

विशेषगरी, बच्चाहरुमा तीस प्रतिशत भन्लदा बढी ट्रान्स फ्याट तथा दश प्रतिशत भन्दा बढी स्याचुरेटेड फ्याट दिएमा उनीहरुलाई उच्च कोलेस्ट्रोल हुने सम्भावना उच्च हुन्छ ।

यसबाहेक, बच्चाहरुमा कोलेस्ट्रोलको समस्या कम गर्न पनि उनीहरुलाई नियमित व्यायामका लागि उत्प्ररित गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment