Comments Add Comment

महिनावारीबाट पनि थाहा पाउन सकिन्छ बाँझोपना पो छ कि ?

विवाह गरेपछि आमा बन्ने रहर हुन्छ, हरेक महिलालाई । काखमा सन्तान हुर्काउने यो रहरमा बेलाबखत भने ठेस लाग्छ । प्रजनन समस्याको कारण यस किसिमको समस्या हुने गर्छ ।

अर्थात ति महिला, जो सन्तान जन्माउन समर्थ हुँदैनन् । यस किसिमको समस्यालाई बाँझोपन भनिन्छ । बाँझोपन भएको कुरा महिलाले त्यही बेला थाहा पाउँछिन्, जब सन्तानको रहरसँगै गर्भाधानको प्रक्रिया अगाडि बढाउँछन् । गर्भाधानको लागि आफु तयार भएपनि गर्भ रहेन भने त्यसले महिलालाई नराम्ररी झस्काउँछ ।

थोरै सर्तकता अपनाएर मात्र पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन भन्ने कुरा समयमै र सहज रुपले थाहा पाउन सक्छन् । यसको लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन जरुरी छ ।

महिनावारीको अन्तराललाई ध्यान दिने

कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिन भन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिलाउँछ । एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक, तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो पि्रमेनोपौजको संकेत हुनसक्दछ ।

तौल नियन्त्रित गर्ने

करिब १२ प्रतिशत बाँझोपनामा तौल मुख्य कारण हुनेगर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा  शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।

व्यायामले पनि पार्छ असर

एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा व्यायाम नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ । तर त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन । धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

गर्भनिरोधधक चक्कीको प्रयोग पनि बाझोपना हुनसक्छ ?

गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ ।

एक शोधले जनाए अनुसार चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो ।

उक्त शोधले जनाए अनुसार यस्ता चक्कीले ओभ्यूलेशन रोक्दछ भने केहीले अण्डालाई  जिवित राख्नमा पनि मद्दत गर्दछ ।

वंशाणुगत कारणले पनि पार्नसक्छ असर

चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो  रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ । त्यसबाहेक फाइब्राइड, एंडोमेटि्रयोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment