Comments Add Comment

हात्ती आक्रमणमा महिलाको मृत्यु

५ माघ, सप्तरी । कंचनरुप नगरपालिकामा जंगली हात्तीको आक्रणमा परी एक महिलाको ज्यान गएको छ ।

कंचनरुप नगरपालिका वडा नम्बर ११ गोरपार बस्ने नन्दकिशोर मण्डलकी ५३ बर्षीया कौशिला देवी मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । बारीमा हात्ती आएको हल्ला सुनेपछि हेर्न बाहिर निस्किएकी उनलाई हात्तीले आक्रमण गरेको हो ।

यसैबीच कंचनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार तथा वडा नम्बर ९,११ र १२ का अध्यक्षहरु लक्ष्मण यादव, जिवरिल र देवी बहादुर खत्री घटनास्थल पुगी मृतक परिवारलाई समवेदना प्रकट गरेका छन् ।

नगर प्रमुख मिश्रले कोशी टप्पु आरक्षमा हात्तीले खाने आहाराको व्यवस्था गरी हात्तीको आक्रमणबाट हुने क्षतिका बारे र रोकथामका बारेमा सरकारसँग आपूmले पहल गरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment