Comments Add Comment

वाइडबडीमा ओली, प्रचण्ड र देउवाको सहमति देखियोः लोहनी

५ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. डा.प्रकाशचन्द्र लोहनीले वाइडबडी विमान खरिद प्रकरण शीर्ष नेताहरुको सहमतिमा भएको देखिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र शेरबहादुर देउवाको सहमतिमा भएको देखा परेको उनको दाबी छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी -राष्ट्रवादी) का अध्यक्ष समेत रहेका लोहनीले भने, ‘यो काण्ड दुई पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ । यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जोसुकै भएपनि छानबिन गरी निश्कर्षमा पुग्नपर्छ ।’

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको उनको आरोप छ । उनले भने, ‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे । संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस’ हो । अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’

वाइडबडी प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनमन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । उनले भने,’लेखा समितिले कारबाहीको सिफारिश गरेको छ । यो यथार्थताको परिवेशमा पर्यटनमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्दछ । र, अख्तियारले अविलम्ब छानबिन सुरु गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment