Comments Add Comment

सौराहाका शोभा ! गैंडादेखि चित्तल र चराचुरुंगी

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो जसको स्थापना  सालमा भएको थियो । २०३० सालमा विश्व सम्पदा सुचीमा परेपछि निकुञ्जप्रति पर्यटकहरुको आकर्षण बढ्दै गयो । विभिन्न लोपोन्मुख बन्यजन्तु र हरिया रुखबिरुवाले ढाकेको यस निकुञ्ज भ्रमण गर्न चितवन र नवलपुर गरी निकुञ्जको पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँहरुमा बस्न सकिन्छ ।

विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री निर्माण गर्दै आएको हालै एट्थ वन्डरको टिमले यूट्यूवमा यस निकुञ्जको भिडियो अपलोड गरेको छ । भिडियोमा निकुञ्ज वरिपरीको समुदायलाई पनि समेटिएको छ ।

जैविक र प्राकृतिक विविधताले भरिपूर्ण चितवन राष्ट्रिय निकुञ्ज वरिपरी थारु संस्कृति र परम्परा मान्ने थुप्रै समुदाय छन् । यस्तै समुदायमध्ये एक हो बरौली गाउँ । यो गाउँ निकुञ्जको सबैभन्दा पश्चिम भागमा पर्छ । धेरै पहिले यो ठाउँमा एकाध घरहरु मात्रै भएको बुढापाकाहरु बताउँछन् । सुरुमा थारुहरु मात्र भएको गाउँमा पछि टाढाबाट अरु जात, धर्म, परम्परा मान्ने मानिसहरु पनि आएपछि बस्ती बढ्दै गएको उनीहरुको भनाई छ ।

केही वर्ष अगाडिसम्म यहाँका बासिन्दाहरुको जिविकोपार्जनको एक मात्र स्रोत कृषि थियो । त्यो बेला महिलाहरु घर भित्रको र पुरुषहरु बाहिरको काम गर्थे । चितवन राष्ट्रिय निकुन्ज जस्तो पर्यटकीयस्थल नजिकै भएता पनि उक्त गाउँका बासिन्दाहरुको आर्थिक स्थिति निकै दयनीय थियो । त्यसैले गुजाराका लागि कतिपयले निकुञ्जमा रहेका जनावरहरुको तस्करी, वन-जंगल बिनाससमेत गर्थे । यसैबीच यहाँका स्थानीय थारु बासिन्दाहरुले कम्युनिटी होमस्टे नेटवर्कको सहयोगमा बरौली सामुदायिक होमस्टेको सुरुवात गरे । होमस्टे सुरु भएसँगै पर्यटकहरुको आवतजावत बढ्न थालेको एक स्थानीयवासीले बताए । यसबाट त्यहाँको समुदायको आर्थिक स्थितिमा निकै सुधार आयो ।


होमस्टेमा बस्दा त्यहाँको पारिवारिक रहनसहनसँगै, गाउँ भ्रमण र जीप सफारी गरेर निकुन्ज अवलोकन गर्न सकिन्छ । त्यस्तै नारायणी नदिको मनोरम सुर्यास्त हेरेर होमस्टे फर्किएपछि थारु सांस्कृतिक कार्यक्रमको मनोरन्जन लिन पाइन्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रममा लाठी नाच, मयुर नाच जस्ता थारु परम्परा झल्किने खालका प्रस्तुतिहरु हुन्छन् ।

निकुन्जको अर्को आकर्षण हो, मुख्य प्रवेशद्वारमा पर्ने कसरा । यहाँ मुख्य ६ प्रकारका जनावरहरु पाइन्छन् जसलाई ‘बिग सिक्स’ पनि भनिन्छ । पाटे बाघ, चितुवा, गौर, काठे भालु, एक सिंगे गैंडा र जंगली हात्ती बिग सिक्समा पर्छन् । त्यस्तै अति नै लोपोन्मुख घस्रने बन्यजन्तु जस्तै घरियाल र गोही पनि यहाँका आकर्षण हुन् । निकुन्जमा चार किसिमका मृगहरु पनि पाइन्छ जस्तै जरायो, बह्रसिंगे, लगुन, र चित्तल । यी स्तनधारी र घस्रने बस्न्यजन्तुसँगै यहाँ ५ सय ८४ प्रजातिका चराचुरुंगीहरु पनि पाइन्छन् । यी चराचुरुंगीमध्ये कुनै यहीँका रैथाने हुन् भने कुनै सिजनअनुसार यहाँ बसाइसराई गर्न आउँछन् । चखेवा, जलेवा, स्नेक बर्डर किंगफिसर जस्ता रंगिन चराहरुले निकुन्ज आउने पर्यटकलाई उत्साहित गर्छन् ।

अहिले निकुन्जमा ९०० जना सैनिकहरुले सुरक्षा दिइरहेका छन् । उनीहरुले जनावरहरुको अवैध शिकार र तस्करी हुन दिँदैनन् । तिन वर्षयता एउटा पनि चोरीशिकारीका घटना भएको छेन । हालसालै गरिएको सर्भेक्षणमा यहाँ बाघको जनसंख्या दोब्बर भएको पाइएको छ । बिश्वमै बाघ र गैंडा संरक्षणमा नेपाल र त्यसमा पनि चितवन राष्ट्रिय निकुञ्जको ठुलो योगदान रहिआएको छ ।

राष्ट्रिय निकुञ्जसँगै चितवन तथा नवलपुरको अरु विभिन्न ठाउँहरु पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् । वफर जोन मा पर्ने २० हजारी तालमा प्रकृतिको प्रतिबिम्ब देखिन्छ । यस तालले महाभारत र चुरे पहाड छुट्याउँछ । त्यस्तै हात्ती प्रजनन केन्द्रमा छावा र हात्तीको ठुलो बथान देख्न पाइन्छ । अनि गैंडाकोटमा पर्ने मौलाकालिका मन्दिर पुग्न १७०० सिंढी चढेर जानु पर्छ । त्यहाँ माथिबाट नारायणी खोला र चितवनको दृष्य मजासँग नियालन पाइन्छ । अनि तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाट आश्रम, धाम तथा धार्मिक क्षेत्रको रुपमा बडो महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment