Comments Add Comment

भेटियो विश्वकै ठूलो शार्क माछा

अमेरिकाको हवाई द्विपस्थित समुद्रमा विश्वकै ठूलो आकारको शार्क प्रजातिको माछा फेला परेको छ । स्थानीय गोताखोर तथा शार्क माछा संरक्षणकर्मीले उक्त भिमकाय माछा आफ्नो क्यामरामा कैद गरेका हुन् ।

उक्त माछाको लम्बाई ६ मिटर तथा तौल साढे दुई टन भएको अनुमान गरिएको छ ।

यो माछा आजभन्दा २० वर्षअघि शोधकर्ताहरुले फेला पारी टाँचा लगाएको माछा नै हुनसक्ने अड्कल काटिएको छ । त्यसबेला शोधकर्ताहरुले यसको नाम डीप ब्लू राखेका थिए ।

दुनियाको सबैभन्दा ठूलो यस शार्क माछा ५० वर्ष उमेरको भएको बताइएको छ ।

ओसन राम्से नामक ती संरक्षणकर्मीले उक्त शार्क माछाको भिडियो खिचेर इन्स्टाग्राममा अपलोड समेत गरेकी छिन् । भिडियोमा उनले उक्त भिमकाय माछालाई छोएको समेत देख्न सकिन्छ ।

उक्त शार्क माछा सम्भवतः गर्भवती रहेको हुनसक्ने उनले बताएकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment