Comments Add Comment

ठमेलको डान्सबारमा कुटपिट, २ जना पक्राउ

५ माघ, काठमाडौँ । काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो ।

ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment