Comments Add Comment

आर्मीद्धारा विशाल गोल्डकपको उपाधि रक्षा

५ माघ, वीरगञ्ज । विभागीय टोली त्रिभुवन आर्मी विशाल गोल्डकपकोे उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनलमा हिमालयन शेर्पालाई टाइबेकरमा ६-७ गोलले हराउँदै आर्मीले उपाधि उचालेको हो ।

आर्मीले उपाधीसँगै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझाएको छ ।

पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा शुरु गरिएको विशाल गोल्डकपको पहिलो संस्करणको उपाधि पनि आर्मीले नै जितेको थियो ।

नारायणी रंगशालामा भएको फाइनल खेलमा निर्धारित समयको खेल भने १-१ को बराबरीमा सकिएको थियो । खेलमा हिमालयन शेर्पाले पहिलो हाफमा विश्वास श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा आर्मीका सन्तोष तामाङले बराबरी गोल फर्काए । निकै प्रतिश्पर्धात्मक खेल हेर्न नारायणी रंगशालामा दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

खेलको अन्तिमतिर हिमालयन शेर्पाका वामाले आर्मीका सेसाङ लिम्बुलाई फल गरेपछि रातो कार्ड पाए । हिमालयन शेर्पा १० खेलाडीमा सिमित भएपनि आर्मीलाई गोल गर्न दिएन । टाइब्रेकरमा आर्मीले बाजी मार्‍यो ।

हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट बन्न सफल भए । उनले मोटरसाइकल हात पारे । वेष्ट गोलकिपर बनेका आर्मीका विकेश कुथुले नगद १५ हजार पाए । आर्मीका दिपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट मिड फिल्डर, आर्मीकै नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक प्रशिक्षक भए । हिमालयनका विश्वास श्रेष्ठ उत्कृष्ट स्ट्राइकर बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment