Comments Add Comment

एपीएफद्धारा महिला भलिबलको उपाधि रक्षा

५ माघ, पोखरा । सशस्त्र प्रहरी वलको एपीएफ क्लबले सभामुख कप राष्ट्रिय महिला भलिवलको उपाधि रक्षा गरेको छ ।

पोखरामा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । जितसँगै एपीएफले नगद ३ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । एपीएफले रोल्पाको लिवाङमा भएको प्रथम राष्ट्रिय महिला भलिवल कपको उपाधि पनि जितेको थियो ।

नेपाल पुलिस क्लबले भने उपबिजेतामै चित्त बुझाएको छ । उसले १ लाख ७० हजारमा चित्त बुझाइको छ ।

शनिबार अपराहृन भएको फाइनलमा एपीएफले पुलिसलाई २५-८, १९-२५, २५-१७ र २५-१७ ले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर ३ तृतीय हुन सफल भयो । उसले गण्डकी प्रदेशलाई ३-१ कै सेटमा पराजित गर्‍यो ।

न्यू डायमन्ड एकेडेमीका खेलाडीले भरिएको प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई २५-१४, २१-२५, २५-१४ र २५-१७ ले पराजित गरेको हो । उसले एक लाख पाउँदा गण्डकी प्रदेशले ५० हजार पाएको छ ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् । उत्कृष्ट स्पाईकर प्रदेश नम्बर ३ की प्रतिभा माली, उत्कृष्ट ब्लकर एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर नेपाल पुलिस क्लवकी कमला पुन, उत्कृष्ट लिब्रो नेपाल पुलिस क्लवकै शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट हुन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment