Comments Add Comment

पुलिसले जित्यो खप्तड गोल्डकपको उपाधि

धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । । शनिबार भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

धनगढी रंगशालामा भएको फाइनल भिडन्तमा पुलिसलाई जिताउन अभिषेक रिजालले निणर्ायक गोल गरे । खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिˆलेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो ।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भएपनि उपाधि जित्दा खुसी रहेको बताए । ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन गरेनौं तर, समयमै गोल निस्किएकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ‘लिगको प्रदर्शन विर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो । अब अन्य प्रतियोगितामा पनि यसरी नै अगाडि बढ्छौं ।’

विधागत उत्कृष्टतर्फ पुलिसले वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा गोलरक्षक पुलिसका शत्रुघन चौधरी उत्कृष्ट भए । उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम-११ का भरत टमाटा घोषित भए ।

प्रतियोगितामा ३ गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ता बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment