Comments Add Comment

पूर्व सांसद भुषाल नेकपामा प्रवेश

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थ भुषाल नेकपामा प्रवेश गरेका छन् । चितवनका पूर्व सभापति समेत रहेका भुषाललाई नेकपाको दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर स्वागत गरे ।

चितवनको माडी स्थायी घर भएका भुषाल २०५१ सालमा भएको मध्यवधी निर्वाचनमा साविक चितवन निर्वाचन क्षेत्र नः ४ बाट विजयी भएका थिए । गत निर्वाचनमा कांग्रेसले चितवन निर्वाचन क्षेत्र नः ३ मा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई समर्थन गरेपछि भुषाल रुष्ट बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment