Comments Add Comment

जोटाको हृयाट्रिकसँगै ओल्भ्सको जित

काठमाडौं । डिओगो जोटाको इन्जुरी टाइममा हृयाट्रिक पुरा गर्दा ओल्भ्सले लिसेस्टर सिटीमाथि जित हात पारेको छ ।

इंग्लिस पि्रमियर लिगमा शनिबार भएको खेलमा ओल्भ्सले लिसेस्टरलाई ४-३ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा ओल्भ्सले चौथो मिनेटमा नै जोटाको गोलबाट अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि नै बेनेटले गोल गर्दै ओल्भ्सको अग्रता दोब्बर बनायो ।

तर, दोस्रो हाफमा लिसेस्टर खेलमा फर्कियो । ४७ औं मिनेटमा नै डिमारी ग्रेले गोल गरे भने चार मिनेटपछि नै ओल्भ्सका कर्नर कोडीले आत्मघाती गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो । ६४ औं मिनेटमा जोटाले फेरि ओल्भ्सलाई अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा लिसेस्टरका मोर्गानले गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, इन्जुरी टाइममा जोटाले हृयाट्रिक पुरा गर्दा ओल्भ्सले लिसेस्टरमाथि ४-३ गोल अन्तरको जित हात पारेको छ ।

जितसँगै २२ खेलबाट ३२ अंक जोडेको ओल्भ्स आठौं स्थानमा छ भने ३१ अंक जोडेको लिसेस्टर नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment