Comments Add Comment

रियल मड्रिडसँग सेभिया पराजित

६ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा रियल मड्रिडले सेभियालाई २–० गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा कासिमिरो र लुका मोड्रिचले गोल गरे ।

पहिलो हाफमा भने रियल मड्रिडले सेभियासँग गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्न सफल भयो । रियल मड्रिडका लागि ७८ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले हुइस्कालाई ३–० गोलअन्तरले पराजित गर्दा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।

जितपछि रियल मड्रिडले २० खेलबाट ३६ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको सेभियाको भने ३३ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment