Comments Add Comment

भारतले अन्तरीक्षमा जनावर होइन, रोबोट पठाउने

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।

सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिनेछ ।

इशरो प्रमुख के शिवनले अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामा कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने आफूहरुको उद्देश्य नभएको बताएका छन् ।

गगनयान मिसनका रुपमा अन्तरीक्षमा भारतीय अन्तरीक्षयात्रीलाई पठाउने योजनामा भारत निकै नजिक रहेको उनको भनाइ छ ।

स्मरणरहोस् अमेरिका, रुस तथा चीन जस्ता देशहरुले अन्तरीक्षमा मानिस पठाउनु अघि परीक्षणको लागि जनावर पठाएका थिए ।

जनावर किन नपठाउने ?

बीबीसीसँगको कुराकानीमा इसरो प्रमुखले अन्तरीक्षमा जनावर नपठाउने निर्णय सही रहेको बताएका छन् । अमेरिका र रुसले परीक्षणका लागि भन्दै अन्तरीक्षमा जनावर पठाउने समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधि अस्तित्वमा थिएन । मानव रोबोट पनि बनिसकेको थिएन । त्यसैले ती देशहरुले जनावरको ज्यान जोखिममा पारेर अन्तरीक्षमा पठाए । तर अहिले यस्तो परीक्षणका लागि अत्याधुनिक प्रविधिहरु रहेको हुँदा जनावरको साटो प्रविधिको सहारा लिन लागेको उनको भनाइ छ ।

अन्तरीक्षमा मानिस पठाउनुअघि इसरोले विभिन्न दुईवटा परीक्षणका लागि रोबोठलाई अन्तरीक्षमा पठाउनेछ ।

तर विज्ञहरुले भने रोबोटबाटै परीक्षण गरेर आउने नतिजामा भर पर्नु खतरनाक हुनसक्ने बताउँछन् । किनकि कुनै पनि जीवित वस्तु र रोबोटको बीचमा भिन्नता हुन्छ । कुनै पनि जीवित वस्तु नपठाएको यानको उडानमा पहिलोपल्ट सीधै मानिसलाई पठाउनु जोखिमपूर्ण हुने बताइन्छ ।

इसरोले भने गगनयान अन्तरीक्ष योजना निकै तीव्र गतिमा अघि बढिरहेको र यो वर्षको अन्तसम्ममा अन्तरीक्षमा जाने यात्रीको खोजी पनि पूरा हुने जनाएको छ ।

भारतको यो महत्वाकांक्षी अन्तरीक्ष योजनाको लागत १ खर्ब भारु रहेको छ । गत वर्ष भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका थिए ।

सन् २०२० मा अन्तरीक्षमा पहिलो रोबोट पठाउने र सन् २०२१ को जुलाईसम्ममा दोश्रो परीक्षणका लागि रोबोट पठाउने योजना रहेको छ । अन्ततः सम्पूर्ण परीक्षण पूरा गरी डिसेम्बर २०२१ मा भारतले अन्तरीक्षमा मानिस पठाउनेछ । यदि यो मिसन सफल भएमा भारत अन्तरीक्षमा मानिस पठाउने चौथो देश हुनेछ ।

विश्वमा पहिलोपटक तत्कालीन सोभियन संघले अन्तरीक्षमा मानव पठाएको थियो । त्यसपछि अमेरिकाले र सन् २००३ मा चीनले अन्तरीक्षमा मानिस पठाइको थियो ।

जबकि, बेलायत, फ्रान्स तथा जापानजस्ता देशले अहिलेसम्म अन्तरीक्षमा मानिस पठाउने काममा सफलता पाउन सकेका छैनन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment