Comments Add Comment

साँढेका लागि जिन्दगी भर बिहे नगर्ने यी महिला

विवाह सबै मानिसका लागि जीवनमा जरुरी नहुन सक्दछ, तर यो एउटा महत्वपूर्ण हिस्सा भने हो । तर दुनियाँमा केही मानिस यस्ता हुन्छन् जो आफ्नो उद्देश्य पूरा गर्नका लागि जीवनभर अविवाहित रहन्छन् ।

भारतमा एकजना महिलाले साँढेको लागि जीवनभर बिहे नगर्ने अठोट लिएकी छन् ।

तमिलनाडुकी ती महिलाको जीवनमा एउटा साँढे यस्तो जवरजस्त प्रवेश गरेको छ कि त्यसले ती महिलालाई बिहे नगर्ने फैसला गर्न बाध्य बनाएको छ ।

४८ वर्षीया सेल्भरानी नामकी ती महिला तमिलनाडुको मदुरे गाउँमा बस्दछिन् । उनको मनमा सानै उमेरदेखि नै एउटा साँढे पाल्ने सोच थियो । स्मरणरहोस् तमिलनाडुमा हुने जल्लीकट्टु नामक पर्वका बेला भीडमा साँढे दौडाइन्छ । सेल्भरानीलाई एउटा बडेमाको साँढे पालेर आफ्नो साँढेले उपाधि जितोस् भन्ने चाहना थियो । त्यहीँ चाहना पूरा गर्न उनले कहिल्यै बिहे गरिनन् र एउटा साँढे पालेर बसिन् । साँढेको देखभालका लागि उनले आफ्नो पारिवारिक सुख त्याग्ने फैसला गरेकी हुन् ।

उनले आफूले पालेको साँढेको नाम रामु राखेकी छिन् । उनले त्यो साँढेको हेरचाह मात्र होइन मजदुरीसमेत गरेर गुजारा गर्दै आएकी छन् । स्थानीय रुपमा हरेक वर्ष हुने जल्लीकट्टुलगायतका खेलमा रामुले पाँच वर्षदेखि लगातार उपाधि जित्दै आएको छ । उपाधि जितेपछि रामुले पुरस्कारको रुपमा घरेलु सामान, महिलाका साडी तथा सुनका सिक्कासमेत पाउने गर्दछ ।

बलियो साँढे रामुप्रति नलोभिने मानिस कमै छन् । धेरै मानिसले मोटो रकम अफर गरेर उनीसँग साँढे बेच्न पनि आग्रह नगरेका होइनन् । तर सेल्भरानीले रामु बेच्न अस्विकार गर्दै आएकी छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment