Comments Add Comment

भरुवा बन्दुकसहित दाङबाट एक जना पक्राउ

६ माघ, दाङ । दाङबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment