Comments Add Comment

नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासी साहित्यकारहरुको भूमिका महत्वपूर्ण : कुलपति उप्रेती

युएई । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रवासी नेपाली साहित्यकारहरुले प्रवासमा रहेर नेपाली भाषा र साहित्यको जर्गेनामा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।

युएई भ्रमणमा रहेका उप्रेतीले शनिवार साँझ नेपाली दूतावास आबुधाबीमा यहाँका श्रष्टासँगको भेटघाट कार्यक्रममा उनीहरुको योगदानको चर्चा गरेका हुन् ।

उनले प्रवासमा गरिएका साहित्यिक गतिबिधिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख गरे । उप्रेतीले भने, ‘ प्रवासमा रहेर विभिन्न समस्याको बाबजुद नेपाली साहित्यलाई उर्बर बनाउन लागि पर्नुभएको छ, त्यो नै महत्वपूर्ण पाटो हो । ‘

साथै विभिन्न सााहित्यिक महोत्सवमा देश बाहिरबाट पनि भाग लिन सकिने, प्रवासमा गरिएको सिर्जना र साधना पछिसम्म खोजी हुने हुँदा त्यसमा निन्तर लागि रहन उनको सुझाव छ । कार्यक्रममा बोल्दै कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले यहाँ हुने नेपाली साहित्यिक गतिविधिलाई दूतावासले साथ दिने जनाए ।

सिर्जना वाचन डबली युएईको संयोजनमा भएको भेटघाट कार्यक्रममा कुलप्रति उप्रेतीलाई स्वागत तथा सम्मान गरिएको छ । वाचन डवलीका तर्फबाट संरक्षक टंक गुरुङ,जे सागर र कार्यवहाक राजदुत फुयाँलले दोसल्ला ओढाएर स्वागतसहित सम्मानपत्र प्रदान गरेको गजलकार भुपेन्द्र  आचार्यले जानकारी दिए ।

कार्यक्रममा दुतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्की, जनसम्पर्क अधिकृत इरफान आलम तथा गायक प्रकाश पौडेलको उपस्थिति थियो ।

भेटघाट कार्यक्रममा सहभागी सर्जकहरु टक गुरुङ, जे सागर, शाश्वत ढुङ्गाना,कान्छो भुपेन्द्र आचार्य ,चन्द्र सम्बाहाम्फे, दुरबस्तीको शिशिर , बिलाशी मान्छे , बाशुदेब ढकाल, घायल दिपक कार्की, डीएल घिमिरेलगायतले भने आफ्ना रचना सुनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment