Comments Add Comment

सुपुष्पाले प्रेम स्विकार नगर्दा सुशिलको यस्तो पीडा

 

यतिबेला चलचित्र ‘रणवीर’को चर्चा राम्रै छ । माघको १८ गतेबाट रिलिज हुन लागेको एक्सनप्रधान यो चलचित्रका लागि कलाकारले पनि खुबै मिहिनेत गरिरहेका छन् । चलचित्रको प्रचारका लागि अहिले काठमाण्डौ बाहिर यसको टिम पुगेको छ ।

चलचित्रको यूनिट मोफसल प्रचारमा रहेको समयमा यसमा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मान्न चाहन्न’ बोलको गीत सार्वजनिक भएको हो । हर्कुलस बस्नेतको शब्द तथा संगीतमा तयार भएको गीतमा हुर्कलस र प्रविशा अधिकारीको स्वर छ । सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार सुशिल सिटौला र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ ।

सुपुष्पाले सुशिलको प्रेम नवुझ्दा सुशिलले भोगेका पीडालाई चलचित्रको यो गीतमा देखाइएको छ । चलचित्रमा सुवेक्षा खड्का, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवि गिरी, हरिहर शर्मा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । दिपेन्द्र रेग्मी र गोमा बिष्ट चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment