Comments Add Comment

म नपुंसक हुँ, तर मेरो तीन बच्चा छन्

नपुंसकता एक, जैविक समस्या हो । कतिपय पुरुष वा महिला चाहेर पनि आमाबुवा बन्न सक्दैनन् । यस्तो किन हुन्छ ? मेडिकल साइन्ससँग यसको एकमात्र जवाफ छैन । अनेक कारणले नपुंसकताको समस्या हुन्छ ।

नपुंसकता हुनु आफैमा एक चिन्ताको विषय हो । तर, यो प्रसंग फरक छ । एक पिता जो नपुंसक छन्, तर उनका तीन छोरा पनि छन् । एक नपुंसक पुरुष कसरी तीन सन्तानका पिता भए ?

यसै सन्दर्भमा वीवीसी हिन्दी अनलाइनमा एक लेख प्रकाशित छ, जसमा एक नपुंसकले कसरी आफू तीन सन्तानका पिता भए भन्ने कुरा उल्लेख गरेका छन् । हामीले यही आलेखको भावनुवाद पेश गरेका छौं ।

यो कथा बेलायतमा बस्ने एक यस्ता व्यक्तिको हो, जो एक सफल व्यवसायी हुन् । उनी तीन बच्चाका पिता हुन् । उनका दुई  जुम्ल्याहा छोरा छन्, १९ बर्षका । अर्का छोरा २३ बर्षका छन् ।

अचम्म लाग्नसक्छ, उनी चिकित्सक जाँचका क्रममा नपुसंक भएको ठहर भयो । यो सन् २०१६ को कुरा हो ।

चिकित्सकले भने, यी व्यक्तिल एक रोगले ग्रसित छन् जसको कारण उनी पिता बन्न सक्दैनन् । यो कुरा सुनेर अचम्म लाग्न सक्छ । आफु पिता बन्न नसक्ने कुरा थाहा पाएपछि रिचर्ड मैसन नामका यी व्यक्ति निकै दुःखी भएका थिए । त्यसपछि उनले चिकित्सकसँग फेरी एकपटक स्वास्थ्य परीक्षण गर्न चाहे ।

दोस्रो पटकको परीक्षणबाट नतिजा फरक आयो । उनले आफ्नी पत्नी बिरुद्ध उजुरी दर्ता गराए । त्यसपछि पत्नीलाई क्षतिपूर्ति स्वरुप दुई लाख पचास हजार पाउन्ड बुझाउनुपर्ने आदेश दिइयो । तर, यस कानुनी मामलामा उनले असली बच्चाको पहिचान लुकाउने छुट दिइयो । तर, मैसनको लागि यी सबै कुरा कति पीडादायक थियो ? पढौं उनकै शब्दमा ।

मैले टेकेको धर्ती भासियो

जब मैले आफ्नो टेस्ट रिपोर्टमा लेखिएको कुरा पढें, तब यस्तो लाग्यो मानौ मेरो पाइला जमिनमुनी भाँसिदैछ ।

जो पुरुष यस रोग ‘सिस्टिक फिब्रोसिस’बाट ग्रसित हुन्छन्, उनीहरु पिता बन्न सक्दैनन् । जब यसबारेमा मलाई थाहा भो, अनायसै मेरो मुखबाट यति मात्र निस्कियो, ‘हे भगवान, म त तीन बच्चाका पिता हुँ ।’ त्यसपछि मैले चिकित्सकलाई शंकालु प्रश्न गरें, ‘तपाईंको जाँचमा कुनै गडबडी भयो कि ?’

जवाफमा चिकित्सकले निर्धक्कसाथ भने, ‘हाम्रो जाँच ठीक छ, तपाईं रिपोर्टले देखाए अनुसार रोगले ग्रस्त हुनुहुन्छ ।’

पत्नीसँग आमने-सामने

यदि कम शब्दमा भन्ने होभ ने, मलाई यो विषयमा आफ्नी पत्नीसँग कुरा गर्नु थियो ।

एक लामो समयसम्म चिकित्सकले बोलेको शब्दहरु गुञ्जिरह्यो । यस कुराले मलाई एकदमै धक्का पुग्यो । म सम्झन सकिरहेको थिइन कि, आखिर  के भयो ? मैले के गरे ?

मेरो दिमागमा केवल एउटै कुरा चलिरहेको थियो, आखिर मैले हुर्काइरहेका र आफ्नै भनेका तीन बच्चाका असली पिता को हुन् ?

यसरी अप्रत्यासित कुनैपनि कुराको सामना गरिरहँदा तपाईंलाई कुनैपनि कुराको भरोसा हुँदैन । मलाई केवल एउटै कुराले घोचिरहन्थ्यो, कि यी तीन बच्चाका असली पिता को हुन् ? उनीहरुका पिता म कसरी पत्ता लगाउँ ?

मेरो आशंकाको दायरा बढ्दै थियो कि, कतै मेरा साथी, अझ घनिष्ठ मित्र नै पो यी सन्तानका असली पिता हुन् कि ?

केही अनुत्तरित प्रश्न

म जान्न चाहन्थे कि, जब म आफ्ना बच्चासँग फुटबल वा रग्बी खेलिरहेको देख्थें, तब उक्त व्यक्ति त्यहाँ उपस्थिती थिए ? के त्यो व्यक्ति कहिल्यै मेरो प्यारेन्ट्स टिचर मिटिङमा सहभागी थिए ? मलाईं वास्तवमै थाहा थिएन कि, आखिर उक्त व्यक्ति को हुन् ?

तपाईंलाई थाहा छ, जब तपाईंको जिन्दगीमा यस्तो कुनै रहस्य पैदा हुन्छ तपाईंको जिन्दगी एकदमै प्रभावित हुनेछ । स्वभाविक हो कि हरेक व्यक्ति यसको जानकारी चाहन्छ ।

बीबीसले त्यस बारेमा उनकी पत्नीसँग कुराकानी गर्ने प्रयास गरेका थिए, तर उनको कुनै प्रतिक्रिया नमिलेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment