Comments Add Comment

भेगन डाइट किन विश्वभर लोकप्रिय हुँदैछ ?

निरोगी र तन्दुरुस्तीको सर्वोत्तम विकल्प

अहिले मानिसहरु बाँच्नका लागि मात्र खाँदैनन् । स्वादका लागि मात्र पनि खाँदैनन् । निरोगी वा स्वास्थ्य जीवनका लागि खानुपर्छ भन्ने चेत छ ।

तर, कस्तो खानेकुरा ?

किनभने संसारमा उपलब्ध खानेकुरा एकथरी छैन । मान्छेको रोजाई पनि सीमित छैनन् । अनेकथरी खानेकुरा छन्, अनेकथरी स्वाद छन् । तर, हामीकहाँ उपलब्ध सबै खानेकुरा योग्य छ्रैनन् । त्यसैले त भनिन्छ, ‘खान जानेमा अमृत, नजाने विष ।’

अर्को भनाई पनि यहाँ सान्दर्भिक हुन्छ, संसारमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

अर्थात खानपान शैली नै खराब भएपछि त्यो रोगको कारण बन्छ । जबकी सही, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । तन्दुरुस्त बनाउँछ । उर्जावान बनाउँछ । जवान बनाउँछ ।

खानेकुराको प्रसंगमा अहिले ठूलो बहस छ । कस्तो खानेकुरा खाने भन्ने प्रश्नले समाजलाई विभाजित गरेको छ । कतिपय मासुमंस वा तामासिक खानपानमा रमाएका छन् । उनीहरु चौरासी ब्यञ्जनले आफुलाई तृप्त गर्नुपर्छ भन्ने मानसिकतामा छन् । त्यसैले संसारमा उपलब्ध जे जति खानेकुरा छन्, ति सबै खानुपर्छ भन्ने सोच्छन् ।

अर्काथरी छन्, जो सीमित र सन्तुलिन खानेकुरा खान्छन् । उनीहरुले आफ्नो खानेकुराको सूचीबाट त्यस्ता खानेकुरा हटाएका छन्, जो मिठो त छ तर स्वास्थ्यका लागि अनुकुल छैन । उनीहरुले मासुजन्य परिकार छाडेका छन् । दुधजन्य परिकारमा पनि नियन्त्रण गरेका छन् । किनभने यी खानेकुरा शरीरमैत्री छैन भन्ने उनीहरुको तर्क छ ।

तेस्राथरी छन्, जो खानेकुरामा भावनालाई पनि जोड्छन् । उनीहरु मासुजन्य परिकार खाँदै खाँदैनन् । त्यतीमात्र होइन, कुनैपनि पशुपंक्षीबाट प्राप्त हुने खानेकुरा सेवन वा प्रयोग गर्दैनन् । किनभने उनीहरु अरुको जीवन हत्याएर, अरुलाई रुवाएर आफ्नो पेट भर्नुहुँदैन भन्ने मान्यता राख्छन् । यस्ता जमातले मासु मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादन सेवन गर्दैनन् । कतिसम्म भने, पशुपंक्षीको रौं, भुत्ला, छाला आदिबाट बनेको बस्तु समेत प्रयोग गर्दैनन् ।

यी विशुद्ध शाकाहारी हुन् । उनीहरुले लिने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खाने जमात बढ्दो छ । किनभने यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ । अहिले भेगन डाइटका लागि छुटै रेष्टृरेन्टसमेत सञ्चालनमा छन् ।

के हो भेगन डाइट ?

भेगन डाइट भनेको त्यस्तो डाइट हो, जहाँ माछामासु, अन्डा मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दुधसमेत वर्जित छ । किनभने गाईको दुध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरुको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि बञ्चित गरिएको छ । मानिसहरु विभिन्न कराणले भेगन डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापी, यसको विभिन्न स्वास्थ्य लाभ पनि हुन्छ ।

भेगन डाइटका प्रकार

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट्स लगायतका बनस्पतीबाट उत्पन्न हुने खाद्यान तथा विभिन्न बिउमार्फत उतपादन हुने आहार होल फूड भेगन डाइट अन्तर्गत पर्दछ ।

काँचो फल, सागसब्जी, नट्स, बीउ वा बोटविरुवा खाद्य पदार्थमा आधारित एक शाकारी आहार हो । जो १ सय १८ डिग्री तापमानमा पकाइन्छ ।

एक किसिमको भेगन डाइटमा एभोकाडो जस्ता वोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्वयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्दछ ।

किन खाने भेगन डाइट ?

अहिले स्वास्थ्य जीवनका लागि शाकाहारी भोजन लिनुपर्छ भनिन्छ । शाकाहारी भन्दा पनि विशुद्ध खानेकुरा हो, भेगन ।

भेगन डाइट लिनुको विभिन्न फाइदा छन् । यसले मन र शरीरलाई शान्त तुल्याउँछ । यसको सेवनले शरीरको तौल संन्तुलित रहनुका साथै शरीरलाई आवश्यक सम्पूर्ण तोषक तत्व यी फाइट फलो गर्नाले प्राप्त हुने गर्छ । यसको सेवन मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम हुने गर्छ । यसको सेवनले पाँचन तन्त्र दुरुस्त रहने भएकोले पनि भेगन डाइट हामी सबैको लागि एक राम्रो विकल्प हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment