Comments Add Comment

टीपीएस होल्डरको भिसा अवधि बढाउने ट्रम्पको नयाँ प्रस्ताव

अमेरिका/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीएस होल्डरहरुको भिसा तीन वर्षका लागि तन्काउन सकिने प्रस्ताव गरेका छन् । उनको प्रस्ताव स्वीकृत भएमा ३ लाखभन्दा बढि व्यक्तिहरु लाभान्वित हुनेछन्, जसमा नेपालीहरु पनि पर्छन् ।

युद्ध वा प्राकृतिक विपत्तिका कारण आफ्नो देश छोडेर आएकाहरुलाई टिपीएस अन्तरगत अमेरिकामा काम गर्न दिइएको थियो । नेपालमा भूकम्प आएपछि केही नेपालीहरु टीपीएस अन्तरगत अमेरिकामा कार्यरत छन् । यस्तो सुविधामा बसिरहेकाहरुलाई ट्रम्पले ‘ड्रिमर’ को संज्ञा दिने गर्छन् । उनले यो सुविधाको विरोध गर्दै आएका थिए ।

यतिबेला मेक्सिकोमा पर्खाल लगाउने आफ्नो पुरानो योजना साकार पार्न कस्सिएका ट्रम्प आफैं संकटमा फसिरहेका छन् । उनले पर्खालका लागि सरकारी कोषबाट ५ अर्ब ७० करोड डलर माग गरेका छन् । तर, डेमोक्रेटहरुले यसको विरोध गरेका छन् । यही लफडाले गर्दा बजेट पारित हुन नसकेपछि संघीय सरकारका आंशिक कार्यालयको काम बिगत चार हप्तादेखि ठप्प रहेको छ । ती कार्यालयका कर्मचारीले तलव पाएका छैनन् ।

पर्खालका लागि बजेट निकासा गर्ने विषयमा डेमोक्रेटहरुलाई फकाउने क्रममा नै ट्रम्पले टीपीएसवालाहरुको म्याद बढाउने नयाँ प्रस्ताव अघि सारेका हुन् । तर, डेमोक्रेटले यसलाई समर्थन गर्ने सम्भावना न्यून देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment