Comments Add Comment

माघ ११ देखि चितवनमा कृषि मेला

Photo Credit : फाइल फाेटाे

६ माघ, काठमाडौं । चितवनको भरतपुरमा माघ ११ देखि कृषिसम्बन्धी बृहत मेला आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्सको आयोजनामा हुने उक्त मेला ११ देखि १३ गतेसम्म चल्नेछ ।

यस अघि यस्तो मेला गत बर्ष काठमाडौंमा आयोजना भएको थियो । काठमाडौंमा आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको संख्या बढेको भन्दै यसबर्ष वास्तविक कृषकसम्म पुग्नुपर्छ भन्ने ध्येयले चितवनमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।

चितवनको भरतपुरमा माघ ११ देखि १३ गतेसम्म आयोजना गर्न लागिएको तेस्रो नेपाल एगि्रटेकको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

एक लाख भन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरेको आयोजकले प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिंचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने गरी तयारी गरिरहेको जनाएको छ ।

प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका संस्थासँग आवद्ध कृषक तथा व्यवसायी समेत सहभागी हुने आयोजकले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment