Comments Add Comment

महिला क्रिकेट टीम स्वदेश फिर्ता : प्रशिक्षक भन्छन् – राम्रै खेल्यौं

६ माघ, काठमाडौं । थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टीम आइतबार स्वदेश फर्किएको छ ।

आइतबार उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।

स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । उपाधि जित्ने लक्ष्य राखे पनि थाइल्याण्ड नेपाल भन्दा हरेक पक्षमा बलियो भएकाले उक्त लक्ष्य पूरा नभएको उनले बताए ।

‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर सकेनौं । हामी भन्दा थाइल्याण्ड हरेक पक्षमा बलियो छ’
अहिलेको प्रतियोगिता एक महिनापछि थाइल्याण्डमा हुने महिला विश्वकप छनोट खेल तयारीको राम्रो मौका भएको प्रशिक्षक दासको भनाइ छ ।

‘विश्वकप छनोट करिब एक महिनापछि थाइल्याण्डमा हुँदैछ । त्यो छनोटको लागि तयारीको रुपमा हामीले हेरेका थियौं, अब १५/२० दिनको क्याम्पमा हाम्रो त्यो कमी कमजोरी सुधार्ने छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment