Comments Add Comment

गाउँ र नगरको बिभेद हटाउन माग

६ माघ, हेटौंडा । प्रदेश सरकारले गाउँ र नगरपालिका बीच बिभेद गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

हेटौंडामा भएको महासंघ ३ नम्बर प्रदेशको चौथो बैठकले प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुबिधा बढाएकोमा बिरोध जनाउँदै संसोधित सेवा सुबिधालाई हटाउँन मागसमेत गरेको छ ।

बैठकले संशोधित व्यवस्थाले गाउँपालिका र नगरपालिका बीचको बिभेदलाई थप फराकिलो बनाउने भन्दै सरकारले संशोधन गरेको सेवा सुबिधा हटाउँन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

बैठकले चालु आर्थिक वर्षमा प्रदेश सरकारले बिनियोजन गरेको बजेट तथा कार्यक्रमको कार्यान्वयनको गति सुस्त हुँदा प्रदेशको गौरवको आयोजना अलपत्र परेकोले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले ध्यान दिन आग्रह गरिएको छ ।

सरकारका गौरवका आयोजनालाई सफल र सम्पन्न गराउन महासंघ तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बैठकले प्रदेश सरकार र संसदको प्रभावकारिताबारे निकै चर्चा भैरहेको समयमा संघीयताको कार्यान्वयनका लागि तीनवटै तहको सरकारको कार्य दक्षता प्रभाबकारी हुनुपर्ने भन्दै सरकारको नीति एवम संस्थागत संरचना बलियो भएमात्र गाउँपालिका लाभाम्बित बन्ने बताइएको छ ।

महासंघका प्रदेश संयोजक ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । बैठकले महासंघको ३ नम्बर प्रदेशको अधिबेशन दोलखाको तामाकोशी गाउँपालिकामा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment