Comments Add Comment

प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी

६ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन आउनुपर्ने बताए ।

‘१५ औं सत्याग्रहमा प्रधानमन्त्री ओली, जो नेकपा संसदीय दलका नेता पनि हुन्, उनीसँग सम्झौता भएको थियो’, डा. केसीले भने, सम्झौता गरेपछि पालना गर्नु पर्ने हो । तर, ओलीजीको बेइमानी हो ।’

यो आफ्नो र आफ्नो अभियानलाई मात्र नभई करोड नेपालीलाई धोका भएको उनको दाबी छ । तर, उनीहरुले नै डा. गोविन्द केसीको सबै माग सबै पूरा भयो भनेर जनतालाई भ्रममा पार्न कोसिस गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, ‘हामीसँग भएको सम्झौता अक्षरस पालना गरे म तुरुन्तै अनसन तोड्छु । सम्झौता पालना भए म किन अनसन बस्छु र ?’

आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै इलाम पुगेर १६ औं सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि काठमाडौं ल्याइएको थियो ।

यो पनि पढ्नुहोस डा. केसीलाई जनरल वार्डमा सारियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment